गोदावरी नगरपालिकाले भूकम्पपीडितलाई २५ लाख दिने
आइतबार, १९ कात्तिक २०८०, १९ : २८

ललितपुर । गोदावरी नगरपालिकाले भूकम्पपीडितलाई रु २५ लाख दिने निर्णय गरेको छ ।
नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार राति ११ः४७ बजे गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परेका भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि विपद् व्यवस्थापन कोषबाट रु २५ लाख सहयोग गरेको जानकारी दिए ।
भूकम्पपछि जाजरकोट र रुकुम पश्चिम लगायतका प्रभावित क्षेत्रमा ठूलो सङ्ख्यामा मानवीय क्षति, भौतिक क्षति तथा सयौँ सङ्ख्यामा घाइते भएकोप्रति दुःख प्रकट गर्दै उनले भने, “विपद्को समयमा सबै एक भएर विपद्को सामना गर्नुपर्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्याम र दिव्या ‘मिस्टर र मिस एसइई सुपर मोडल’ घोषित
-
आगामी बजेटले तीन करोडभन्दा कमका आयोजना नराख्ने नीतिलाई अनुसरण गरेकाे छ : अर्थमन्त्री
-
‘नेपालमा हिरा किन्दा भारतभन्दा १८ प्रतिशत महँगो’
-
विगतकै निरन्तरताभन्दा माथि उठ्न सकेन कर्णालीको बजेट, आकर्षक बनाउन नयाँ नारा
-
इजरायलका रक्षामन्त्रीले इरानलाई दिए यस्तो चेतावनी
-
सिड्नीमा ‘नेपाली बहुसांस्कृतिक केन्द्र’ निर्माणका लागि आध्यात्मिक महोत्सवको घोषणा