भरतपुर महानगरको ग्रामीण क्षेत्र केन्द्रित वृक्षरोपण सुरु
चितवन । भरतपुर महानगरपालिकाले भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै ग्रामीण क्षेत्रमा वृक्षरोपण गर्न सुरु गरेको छ । भरतपुरको वडा नम्बर १८ मा सोमबार (आज) वृक्षरोपण गरी अभियानको सुरुवात गरिएको हो ।
ग्रामीण अभियानको एक कार्यक्रमका बिच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वृक्षरोपण गरेर उद्घाटन गरेकी छन् । भरतपुरमा ६५० किमी सडक कालोपत्रे भइसकेकाले महानगरले सडकको दायाँ बायाँ वृक्षरोपण गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ ।

वृक्षारोपणको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले भरतपुरका २९ वटै वडामा वृक्षरोपणलाई अगाडि बढाइने उल्लेख गरिन् । उनले टोल विकास संस्था र सामाजिक संघ संस्थालाई वृक्षरोपणमा सहयोग गर्न अपिल गरिन् । सो अवसरमा प्रमुख दाहालले कच्ची रहेका सडकको निर्माण कार्यलाई धुलोमुक्त बनाउन महानगरपालिका प्रयासरत रहेको बताइन् ।
कार्यक्रममा भरतपुर वडा नम्बर १८ का अध्यक्ष बाबुराम रानाले भ्रमण वर्ष सफल बनाउन वडामा वृक्षरोपण तथा सरसफाइ गर्ने कार्यलाई निरन्तर अगाडि बढाएको बताए । भरतपुर १८ लाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने गरी विभिन्न गतिविधि गर्ने उल्लेख गरे ।
लक्ष्मी सनराइज बैकको सामाजिक उत्तरदायित्व अन्तर्गत बिरुवा तथा रिङ उपलब्ध गराएको थियो । भरतपुर महानगरले यस अघि बजार क्षेत्रमा वृहत् सरसफाइ तथा वृक्षारोपण कार्यक्रम गर्दै आइरहेको थियो । महानगरले झण्डै ५ करोड रुपैयाँ हरियाली प्रर्वद्धनका लागि बजेट विनियोजन गरेको छ ।
यस्तै, भरतपुर १८ र १९ को सिमानामा बनेको प्रवेशद्वारको पनि प्रमुख दाहालले उद्घाटन गरिन् । भरतपुर भ्रमण वर्षलाई भव्य बनाउनका लागि महानगरले हरियाली प्रवर्द्धन तथा सरसफाइ कार्यक्रमलाई महानगरदेखि वडास्तरसम्म अभियानलाई अगाडि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण