केनको होटलको बिल १६ करोड रुपैयाँ !
म्युनिख । यो सिजन प्रिमियर लिग क्लब टोटनह्याम हटस्पर्स छाडेर बायर्न म्युनिख पुगेका ह्यारी केन अहिलेसम्म पनि होटलमा नै बसिरहेका छन् ।
उनको परिवार अझै पनि उनीसँगै बस्न म्युनिख पुगेका छैनन् । त्यही भएर उनले त्यहाँ आफ्नो लागि घर लिएका छैनन् । द सन पत्रिका अनुसार हालसम्म उनले होटलमा १ मिलियन पाउन्ड (करिब १६ करोड रुपैयाँ) खर्च गरिरहेका छन् । उनी हाल भियर जाहरेस्टिन केम्पिन्स्की होटलमा बसिरहेका छन् । त्यहाँ एक रातको १० हजार पाउन्डसम्म पर्ने बताइएको छ ।
यद्यपि, उनलाई खर्च गर्न भने कुनै समस्या छैन । बायर्नमा उनले हप्ताको करिब ४ लाख १५ हजार पाउन्ड कमाउँछन् । उनले अहिले बाभारियामा आफ्ना लागि घर खोज्न सुरु गरिएको बताइएको छ । यसमा एउटा मासिक ७० हजार पाउन्ड भाडा रहेको एउटा आलिसान बंगला रहेको छ ।
इंग्ल्याण्डका कप्तानले बायर्न आए लगत्तै राम्रो प्रदर्शन गरिरहेका छन् । साबिक विजेता टोलीका लागि उनले सबै प्रतियोगिताका १४ खेलमा १७ गोल गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण