ज्येष्ठ नागरिककाे मृत्युबारे छानबिन गर्न चिकित्सक संघको माग
काठमाडौँ । नेपाल चिकित्सक संघले पाटन अस्पतालमा ज्येष्ठ नागरिकहरूको मृत्युबारे सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।
कात्तिक १८ गते पाटन अस्पतालमा ज्येष्ठ नागरिक वार्डमा दुई जनाको मृत्यु भएको थियो ।
संघले सोमबार एक विज्ञप्ति जारी गर्दै ज्येष्ठ नागरिकको मृत्युपछि स्वास्थ्यकर्मीमाथि भएको कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्कीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
‘घटनामा संलग्न दोषीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन) बमोजिम कानुनी कारबाही गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण तयार गर्न माग गर्दछ,’ संघका महासचिव सञ्जीव तिवारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उपचारको क्रममा कुनै आशंका उत्पन्न भए सत्यतथ्य छानबिन गरी कानुन अनुसार सजायको भागिदार जोसुकै हुने डा. विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता 'लास र दास' होइनन्, काँग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण