माफी माग्दै सुगम पोखरेलले भने–मैले पिउन हुँदैन थियो, गल्ती भयो
काठमाडौँ । गायक सुगम पोखरेलले अष्ट्रेलिया कन्सर्टमा दर्शकलाई माइक्रोफोन प्रहारको विषयमा आफूबाट गल्ती भएको भन्दै माफी मागेका छन् । उनले आफू भावनमा बगेको भन्दै माफी मागेका हुन् ।
‘मबाट गल्ती भएको हो । म भावनामा बगे बेसी’, उनले नेपाल ट्युबसँगको कुराकानीमा अगाडि भने ‘मेरो भगवान् दर्शकहरु प्रति कहिल्यै पनि अनादर गरेको छैन, मैले । म आज यही नेपाली समाजले बनाएकोले गायक हो ।’ उनले त्यो दिन आफूले पिउनु गल्ती भएको समेत स्वीकारेका छन् ।
किन हान्नु भयो दर्शकलाई माइक्रोफोन भन्ने प्रश्नमा सुगमले भनेका छन् , ‘नेपालमा भूकम्पले मानिसहरुले ज्यान गुमाएका थिए । मेरो मनमा म गीत गाउन आएको छु । नेपालमा त्यस्तो भएको छ भन्ने अप्ठ्यारो भइरहेको थियो । कतिको आफ्नो परिवार बित्नु भएको छ । एकछिन मौन धारण गराँै भनेर सोचे । अरु भिडियोमा देख्न सक्नुहुन्छ ।’ आफू नेपालीले गर्दा बनेको र नेपालीलाई दुःखेमा आफूलाई पनि दुख्ने उनले बताएका छन् ।
शनिबार अष्ट्रेलियाको एडिलेडमा भएको कन्सर्टमा मदिरा पिएका सुगमले दर्शकमाथि माइक्रोफोन प्रहार गरेका थिए । भिडियो भाइरल भए लगत्तै उनले फेसबुक लाइभ मार्फत समेत माफी मागेको थिए ।
उक्त कन्सर्टका विषयमा आयोजकले पनि आइतबार नै सामाजिक सञ्जालबाट माफी मागिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण