जाजरकोट भूकम्प
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग आउन थाल्यो
सोमबार अपराह्नसम्म दुई करोड २२ लाख
सोमबार, २० कात्तिक २०८०, १७ : २९
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड २२ लाख २१ हजार एक सय ११ रुपैयाँ जम्मा भएको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार मात्रै सहयोगी हात बढाउन विभिन्न बैङ्कको खाता सार्वजनिक गरेको थियो ।
सोमबार अपराह्नसम्म भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले एक करोड ११ लाख ११ हजार एक सय ११ हजार रुपैयाँ, बुद्ध एयरबाट एक करोड रुपैयाँ र एलपी ग्यास कम्पनीले ११ लाख ११ हजार रुपैयाँ जम्मा गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
कार्यालयका आर्थिक प्रशासन शाखाका प्रमुख सूर्य भण्डारीका अनुसार सहयोगी रकम आउने क्रम जारी छ । उनले भने,‘ आज दिउँसो चार बजेसम्म जम्मा भएको रकमको विवरण यही हो, आउने क्रम जारी होला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण