घोराही उपमहानगरपालिकाका इन्जिनियरमाथि हातपात, निर्माण व्यवसायी पक्राउ
मङ्गलबार, २१ कात्तिक २०८०, १९ : ०६
बुटवल । दाङको घोराही उपमहानगरपालिकाका इन्जिनियर भरत केसीमाथि हातपात गरेको आरोपमा प्रहरीले निर्माण व्यवसायी प्रकाश महतरालाई नियन्त्रणमा लिएको छ ।
बिल भुक्तानीको विषयलाई लिएर विवाद सुरु भएपछि हातपात भएको बताइएको छ । कार्यकक्षमा इन्जिनियर केसीलाई कामकाजमा अवरोध पुर्याएको आरोपमा निर्माण व्यवसायी महतरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख रामबहादुर केसीले बताए ।
कर्मचारीमाथि हातपात गरेको भन्दै उपमहानगरका कर्मचारीले सेवा ठप्प पारेका थिए । पीडितले जाहेरी दिएको खण्डमा मुद्दा दर्ता हुने प्रहरीले जनाएको छ । दोषीलाई कारबाहीको माग गर्दै उपमहानगरका कर्मचारीले जिल्ला प्रहरी कार्यालयमा पनि केहीबेर धर्ना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण