कालोबजारी रोक्न युवा संघको अल्टिमेटम
काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले मूल्यवृद्धि र कालोबजारी रोक्न माग गर्दै नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई ज्ञापनपत्र बुझाएको छ ।
युवा संघका संयोजक कृष्ण विश्वकर्माको नेतृत्वको टोलीले बुधवार मन्त्री रिजाललाई भेटेर आर्थिक तरलता कारण राष्ट्रिय संकट आइपरेका बेला कृत्रिम अभाव सृजना गरी मूल्य वृद्धि र कालोबजारी बढेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको संघका नेता मनोज खत्रीले जानकारी दिए ।
संघले ज्ञापन पत्र मार्फत रोजगारी सिर्जना गर्नतर्फ पहल नगरेको तथा महँगी नियन्त्रणमा समेत चासो नदिँदा जन–आक्रोश चुलिएको सन्दर्भलाई बुझ्न विलम्ब नगर्न सरकारलाई भनेको छ । युवा संघले जनताले प्रत्यक्ष अनुभूति गर्नगरी खाद्य पदार्थ लगायत अत्यावश्यक सामग्रीहरूको मूल्य समायोजन गरी राहत दिन सरकारलाई १० दिनको समय दिएको र उक्त अवधिमा माग पुरा नभए आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण