शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

कालोबजारी रोक्न युवा संघको अल्टिमेटम

बुधबार, २२ कात्तिक २०८०, १६ : ४९
बुधबार, २२ कात्तिक २०८०

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले मूल्यवृद्धि र कालोबजारी रोक्न माग गर्दै नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई ज्ञापनपत्र बुझाएको छ । 

युवा संघका संयोजक कृष्ण विश्वकर्माको नेतृत्वको टोलीले बुधवार मन्त्री रिजाललाई भेटेर आर्थिक तरलता कारण राष्ट्रिय संकट आइपरेका बेला कृत्रिम अभाव सृजना गरी मूल्य वृद्धि र कालोबजारी बढेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको संघका नेता मनोज खत्रीले जानकारी दिए । 

संघले ज्ञापन पत्र मार्फत रोजगारी सिर्जना गर्नतर्फ पहल नगरेको तथा महँगी नियन्त्रणमा समेत चासो नदिँदा जन–आक्रोश चुलिएको सन्दर्भलाई बुझ्न विलम्ब नगर्न सरकारलाई भनेको छ । युवा संघले जनताले प्रत्यक्ष अनुभूति गर्नगरी खाद्य पदार्थ लगायत अत्यावश्यक सामग्रीहरूको मूल्य समायोजन गरी राहत दिन सरकारलाई १० दिनको समय दिएको र उक्त अवधिमा माग पुरा नभए आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप