भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरबीच भगिनी सम्बन्ध कायम
काठमाडौँ । भरतपुर महानगरपालिका र चीनको सिगात्से सहरका बीचमा भागिनी सम्बन्ध कायम भएको छ ।
बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र चीनको स्वशासित क्षेत्र सिगात्से सहरका मेयर लिउ स्वाचुङ्गबीच दुई सहरका बीचमा भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा दुई सहरका बीचमा पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक लाभको सिद्धान्तलाई कायम राख्दै दुवै पक्षले मैत्रीपूर्ण रुपमा सहयोग आदानप्रदान गर्ने उल्लेख गरिएको छ । त्यस्तै, साझा समृद्धि र विकासलाई प्रवर्द्धन गर्न दुवै पक्षले अर्थतन्त्र, संस्कृति, कृषि, पशुपालन र पर्यटन लगायतका क्षेत्रमा विभिन्न सहयोग आदानप्रदान गरिने समझदारी भएको छ ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले सिगात्से सहरहरू भगिनी सम्बन्ध राख्न पाएको भन्दै खुसी व्यक्त गरिन् । उनले यो समझदारीले आगामी दिनमा दुई देश र दुई सहरबिचमा बलियो र प्रगाढ सम्बन्ध बन्ने विश्वास व्यक्त गरिन् ।
सो भगिनी सम्बन्ध पाँच वर्षको लागि मान्य हुने र समझदारी पत्रको वैधता अवधि समाप्त भएपछि यदि कुनै पक्षले असहमति नजनाएसम्म स्वतः मान्य हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
-
दोस्रो हाफ सुरुः साबिक विजेता अर्जेन्टिना दबाबमा
-
विश्वकप फाइनलकै बिचमा बत्ती गयो, काठमाडौँका अधिकांश स्थान अन्धकार
-
पहिलो हाफमा स्पेन र अर्जेन्टिना गोलरहित, चोटका कारण मार्टिनेज मैदान बाहिर
-
मार्टिनेजलाई पहेँलो कार्ड
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण