बुटवलमा दीपावली महोत्सव हुने
बुटवल । बुटवलमा दीपावली महोत्सव हुने भएको छ । बुटवल उद्योग वाणिज्य सङ्घको आयोजनामा मुख्य बजार अमरपथ क्षेत्रमा यही कात्तिक २५, २६ र २७ गते ‘दीपावली महोत्सव–२०८०, बुटवल’ आयोजना गर्न लागिएको हो । उक्त सङ्घको शुक्रबार सङ्घ सचिवालयमा बसेको कार्यसमिति बैठकले दीपावली महोत्सव गर्ने निर्णयसहित तयारी समिति र मातहतका उपसमितिसमेत गठन गरेकोे सङ्घका महासचिव मुक्ति अधिकारीले जानकारी गराए ।
महोत्सवका लागि बुटवल उपमहानगरपालिका संरक्षक तथा उपमहानगरपालिकाको वडानं ४, ५ र ६ प्रवद्र्धकको रुपमा रहने छन् । सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले सङ्घका वरिष्ठ उपाध्यक्ष टङ्कप्रसाद गैरेलाई दीपावली महोत्सव व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी प्रदान गरेकोे छ ।
यसैगरी गठन गरिएको विभिन्न ६ उपसमितिमा सङ्घका पदाधिकारी, कार्यसमितिका सदस्य, तीन वटै वडाका एक एकजना वडा सदस्य र कार्यक्रम सञ्चालन हुने सम्बन्धित क्षेत्रको टोल विकास संस्थाका पदाधिकारीलाई सदस्यमा रखिएको छ ।
उक्त सङ्घले पहिलोपटक आयोजना गर्न लागेको सो महोत्सव महेन्द्रपार्कदेखि काठेपुलसम्म (अमरपथ लाईन) र नेपालगञ्ज रोडको कार्की मिनीमार्केटदेखि ट्राफिकचोकसम्म सञ्चालन हुने जनाइएको छ ।
बुटवलको खस्किँदो व्यापार प्रवद्र्धन गर्न र आर्थिक गतिविधिलाई थप चलायमान गराउन महोत्सव आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष अर्यालले बताए । उनले यस क्षेत्रका व्यावसायिक तथा सामाथिक सङ्घसंस्था तथा आम समुदायलाई दीपावली महोत्सवमा सहयोग गर्न र सहभागिताका लागि अनुरोध पनि गरे । दीपावली महोत्सवले यस क्षेत्रको व्यापार र व्यवसायलाई चलायमान तथा प्रवद्र्धन गराउनाका साथै आर्थिक गतिविधिलाईसमेत चलायमान बनाउन मद्दत गर्ने सङ्घका पूर्वअध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
-
स्वास्थ्यमन्त्रीको सय दिन : कागजमा पर्याप्त, कार्यान्वयनमा फितलो
-
एन्फा पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न अन्तरिम आदेश
-
कोरियाको ई–७ भिसा प्रक्रिया सुरु, म्यानपावरमार्फत दक्ष कामदार जान पाउने
-
प्रहरीका २३० सईको पदस्थापन, को कहाँ ? (सूचीसहित)
-
कुन विश्वविद्यालयमा को भए उपकुलपति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण