जवानको सफलताको श्रेय नपाएपछि रिसाइन् नयनतारा
नयाँ दिल्ली । दक्षिण भारतीय सिनेमामा लेडी सुपरस्टार भनेर चिनिने नयनताराले यो वर्ष जवानबाट बलिउडमा आफ्नो डेब्यु गरेकी थिइन् ।
फिल्म ब्लकबष्टर भएपनि अभिनेत्री खुसी छैनन् । यो उनको लागि निकै ठूलो फिल्म थियो । तर फिल्मको सफलताको श्रेय शाहरुख खानले मात्रै पाइरहेका छन् । केहीले यो फिल्मलाई नयनतारा र शाहरुखको फिल्म नभनेर शाहरुख र दीपिकाको फिल्म भनिरहेका छन् । यो कुराले रुष्ट नयनताराले अब हिन्दी फिल्ममै काम नगर्ने हल्ला चलिरहेको छ ।
टाइम्स नाउले एउटा समाचारमा दक्षिण भारतका ठूला फिल्म निर्मातालाई उद्धृत गर्दै लेखेको छ, ‘तमिल सिनेमामा हिरो अनि फ्यानहरु नयनताराको पुजा गर्छन् । तमिलनाडुमा उनलाई लेडी सुपरस्टार पनि भनिन्छ । नयनताराका फ्यानहरू जवानमा उनको सानो भूमिका देखेर निकै उदास भएका थिए । नयनतारा पनि निकै रुष्ट छिन् । फिल्ममा आखिर उनको रोल के थियो त भनेर उसले पनि सोचिरहेकी छिन् । जवानका लागि शुरुमा उसलाई जुन भूमिका दिइएको थियो, त्यो भूमिका यो विल्कुल थिएन । यो फिल्म शाहरुख र नयनताराको फिल्म हुने वाला थियो, तर यसलाई शाहरुख र दीपिकाको फिल्म भन्न थालिएको छ ।’
तमिल सिनेमामा नयनतारासँग यस्तो गर्ने हिम्मत कुनै फिल्म निर्माताको नभएको, जवानकै निर्देशक समेत रहेका एटलीले पनि तमिलमा उनीसँग यस्तो व्यवहार गर्न नसक्ने ती फिल्म निर्माताले भनेका थिए ।
यसअघि भने नयनताराले सञ्जयलिला भंसालीको फिल्ममा काम गर्न कुराकानी भइरहेको हल्ला चलेको थियो । तर अब भने उनले काम नगर्ने सम्भावना बढेको छ । जवान नयनताराको बलिउड डेब्यु थियो । यसमा उनले अफिसर नर्मदा रायको दमदार भूमिका निर्वाह गरेकी थिइन् । फिल्ममा उनको भूमिकाले निकै तारिफ पाएपनि शाहरुखसँगको उनको केमेष्ट्रीलाई भने क्रिटिक्सहरुले मन पराएनन् ।
दक्षिण भारतकी सर्वाधिक पारिश्रमिक लिने अभिनेत्री हुन् नयनतारा
नयनतारा दक्षिण भारतमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री हुन् । एउटै फिल्ममा खेलेको उनी १० करोड रुपैयाँ लिन्छिन् । यति धेरै पारिश्रमिक लिने उनी साउथकी पहिलो अभिनेत्री हुन् । समाचारहरुका अनुसार जवानमा आफ्नो भूमिकाका लागि पनि उनले १० करोड रुपयाँ नै लिएकी थिएन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
-
अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण