सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्र बैंक रिपोर्ट

बाह्य अर्थतन्त्र सकारात्मक : शोधनान्तर स्थिति झण्डै खर्ब रुपैयाँले बचत हुँदा चालु खातामा ५९ अर्ब बचत

शुक्रबार, २४ कात्तिक २०८०, १४ : ३९
शुक्रबार, २४ कात्तिक २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको बाह्य अर्थतन्त्र निकै सकारात्मक रहेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्षको असार मसान्तसम्ममा शोधनान्तर स्थिति (बीओपी) ९९ अर्ब ७ करोड रुपैयाँले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको हो । 

यस्तै समीक्षा अवधिमा यता मुलुकको चालु खाता समेत ५९ अर्ब ९ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । 

जबकि अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति जम्मा १२ अर्ब ४३ करोडले बचतमा रहँदा उता चालु खाता ३५ अर्ब २४ करोड रुपैयाँले घाटामा रहेको थियो । 

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ५५.६ प्रतिशतले कमी आई रु.१ अर्ब १५ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ३७ करोड रुपैयाँले धनात्मक रहेको राष्ट्र बैंकले जनाएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.२अर्ब ५९ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७ करोड ९६ लाखले धनात्मक रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप