बाह्य अर्थतन्त्र सकारात्मक : शोधनान्तर स्थिति झण्डै खर्ब रुपैयाँले बचत हुँदा चालु खातामा ५९ अर्ब बचत
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको बाह्य अर्थतन्त्र निकै सकारात्मक रहेको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्षको असार मसान्तसम्ममा शोधनान्तर स्थिति (बीओपी) ९९ अर्ब ७ करोड रुपैयाँले बचतमा रहेको नेपाल राष्ट्र बैंकले जनाएको हो ।
यस्तै समीक्षा अवधिमा यता मुलुकको चालु खाता समेत ५९ अर्ब ९ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
जबकि अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति जम्मा १२ अर्ब ४३ करोडले बचतमा रहँदा उता चालु खाता ३५ अर्ब २४ करोड रुपैयाँले घाटामा रहेको थियो ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ५५.६ प्रतिशतले कमी आई रु.१ अर्ब १५ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ३७ करोड रुपैयाँले धनात्मक रहेको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.२अर्ब ५९ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७ करोड ९६ लाखले धनात्मक रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन-नारायणगढ सडक खण्डको पहिरो हटाइयो, सवारी आवागमन पुनः सञ्चालनमा
-
सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने
-
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले माग्यो प्रमुख कार्यकारी अधिकृत, १५ दिनभित्र आवेदन दिन सकिने
-
चोटका कारण नन्दन यादव लिग २ बाट बाहिरिए
-
गेटा विश्वविद्यालय : एकातिर संशय, अर्कातिर उत्साह
-
लगातार हारको शृङ्खला तोड्ने दाउमा नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण