शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

डा.गणेश गुरूङको संयोजकत्वमा विज्ञ समिति गठन

शनिबार, २५ कात्तिक २०८०, १३ : ११
शनिबार, २५ कात्तिक २०८०

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा, रोजगारीको अवसर लगायतका विषयमा अध्ययन गर्न विज्ञ समिति गठन गरेको छ । श्रम विज्ञ डा.गणेश गुरूङको संयोजकत्वमा समिति गठन गरेको हो । 

उक्त टोलीले जलवायु परिवर्तन, सामाजिक सुरक्षा, रोजगारीका अवसर लगायतका विविध विषयमा छलफल एवं अध्ययन गरी संलग्न प्रारम्भिक मस्यौँदालाई अन्तिम रूप दिनेछ । उक्त समितिले दिएको सुझावको आधारमा श्रम मन्त्रालय अघि बढ्नेछ ।   

समितिमा डा.केशव बस्याल, प्रतिमा शर्मा, जुना माथेमा, मञ्जु गुरूङ सदस्य छन् । श्रम मन्त्रालयको प्रशासन शाखाका उप–सचिवले सदस्य सचिवको जिम्मेवारी बहन गर्नेछन् । 

उक्त समितिमा आईएलओ, आईओएम, रिटर्नी नेटवर्क, वैदेशिक रोजगार व्यवसायी संघ लगायतका सरोकारवालालाई आमन्त्रित सदस्यको रूपमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप