डा.गणेश गुरूङको संयोजकत्वमा विज्ञ समिति गठन
शनिबार, २५ कात्तिक २०८०, १३ : ११
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा, रोजगारीको अवसर लगायतका विषयमा अध्ययन गर्न विज्ञ समिति गठन गरेको छ । श्रम विज्ञ डा.गणेश गुरूङको संयोजकत्वमा समिति गठन गरेको हो ।
उक्त टोलीले जलवायु परिवर्तन, सामाजिक सुरक्षा, रोजगारीका अवसर लगायतका विविध विषयमा छलफल एवं अध्ययन गरी संलग्न प्रारम्भिक मस्यौँदालाई अन्तिम रूप दिनेछ । उक्त समितिले दिएको सुझावको आधारमा श्रम मन्त्रालय अघि बढ्नेछ ।
समितिमा डा.केशव बस्याल, प्रतिमा शर्मा, जुना माथेमा, मञ्जु गुरूङ सदस्य छन् । श्रम मन्त्रालयको प्रशासन शाखाका उप–सचिवले सदस्य सचिवको जिम्मेवारी बहन गर्नेछन् ।
उक्त समितिमा आईएलओ, आईओएम, रिटर्नी नेटवर्क, वैदेशिक रोजगार व्यवसायी संघ लगायतका सरोकारवालालाई आमन्त्रित सदस्यको रूपमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण