भारतमा छुट्टाछुट्टै सडक दुर्घटनामा परेर १० जनाको मृत्यु

नयाँदिल्ली । भारतमा शनिबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ५८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । दक्षिणी राज्य तमिलनाडुमा दिउँसो दुईवटा बस दुर्घटना ठोक्किँदा पाँच पुरुष र एक महिलासहित ६ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएको एक प्रहरी अधिकारीले बताएका छन् ।
उनका अनुसार चेन्नई–बेङगलोरु राजमार्गमा राज्य सरकारी बस र निजी बस एक आपसमा ठोक्किँदा तिरुपत्तुर जिल्लाको चेट्टीयप्पनुर क्षेत्रमा दुर्घटना भएको हो । ठक्करबाट दुबै सवारी साधनको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घाइतेहरूलाई तिरुपत्तुर र भेल्लोर जिल्लाका अस्पतालमा भर्ना गरिएको छ ।
त्यस्तै हरियाणामा भएको अर्को दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । “उत्तरी राज्य हरियाणामा सडक दुर्घटनामा एकै परिवारका चार सदस्यको मृत्यु भएको छ,” एक स्थानीय प्रहरीले फोन मार्फत बताएका छन् ।
दिल्लीबाट करिब ४५ किलोमिटर टाढा रहेको हरियाणाको गुरुग्राम जिल्लाको दिल्ली–जयपुर राजमार्गमा विपरित दिशाबाट आउँदै गरेको कारमा तेल ट्याङ्कर ठोक्किएर दुर्घटना भएको हो ।
कारमा आगलागी हुँदा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्को एक जनाको उद्धारक्रममा मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्ज भन्सारद्वारा एघार महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन
-
टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : नेदरल्याण्ड्ससँग भिड्दै नेपाल
-
हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट
-
झाडापखाला, ज्वरो र सर्पदंशले भरिए अस्पतालका आकस्मिक कक्ष
-
डुप्लान्टिसले पोल भल्टमा १२ औँ पटक विश्व कीर्तिमान तोडे
-
क्लब विश्वकपमा एट्लेटिकोमाथि पीएसजीको गोलवर्षा