भारतमा छुट्टाछुट्टै सडक दुर्घटनामा परेर १० जनाको मृत्यु
नयाँदिल्ली । भारतमा शनिबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ५८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । दक्षिणी राज्य तमिलनाडुमा दिउँसो दुईवटा बस दुर्घटना ठोक्किँदा पाँच पुरुष र एक महिलासहित ६ जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएको एक प्रहरी अधिकारीले बताएका छन् ।
उनका अनुसार चेन्नई–बेङगलोरु राजमार्गमा राज्य सरकारी बस र निजी बस एक आपसमा ठोक्किँदा तिरुपत्तुर जिल्लाको चेट्टीयप्पनुर क्षेत्रमा दुर्घटना भएको हो । ठक्करबाट दुबै सवारी साधनको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घाइतेहरूलाई तिरुपत्तुर र भेल्लोर जिल्लाका अस्पतालमा भर्ना गरिएको छ ।
त्यस्तै हरियाणामा भएको अर्को दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । “उत्तरी राज्य हरियाणामा सडक दुर्घटनामा एकै परिवारका चार सदस्यको मृत्यु भएको छ,” एक स्थानीय प्रहरीले फोन मार्फत बताएका छन् ।
दिल्लीबाट करिब ४५ किलोमिटर टाढा रहेको हरियाणाको गुरुग्राम जिल्लाको दिल्ली–जयपुर राजमार्गमा विपरित दिशाबाट आउँदै गरेको कारमा तेल ट्याङ्कर ठोक्किएर दुर्घटना भएको हो ।
कारमा आगलागी हुँदा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्को एक जनाको उद्धारक्रममा मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण