भ्यालेन्सियाविरुद्ध रियलको गोल वर्षा
स्यान्टियागो बर्नेबाउ । रियल मड्रिडले भ्यालेन्सियामाथि गोल वर्षा गर्दै ला लिगाको शीर्ष स्थानमा रहेको जिरोनासँगको अन्तर दुई अङ्कमा कायम गरेको छ ।
रियलले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । टोनी क्रुसको पासमा ड्यानी कार्भाहालले टोलीका लागि पहिलो गोल गरे । त्यसपछि पहिलो हाफको अन्त्यमा रोड्रिगोले भिनिसियस जुनियरका लागि दोस्रो गोलको अवसर सिर्जना गरे ।
दोस्रो हाफको सुरुवातमा पुनः रोड्रिगोकै पासमा भिनिसियसले टोलीको अग्रता फराकिलो बनाए । भिनिसियसको गोलको एक मिनेटपछि नै रोड्रिगोले चौथो गोल थपे । ८४ औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल र टोलीको पाँचौँ गरेका थिए । खेलको ८८ औँ मिनेटमा ह्युगो डुरोले भ्यालेन्सियाका लागि सान्त्वना गोल गरे ।
१३ खेलपछि रियलको ३२ अङ्क रहेको छ । उता शीर्ष स्थानमा रहेको जिरोनाको समान खेलबाट ३४ अङ्क रहेको छ । एक खेल कम खेलेको बार्सिलोना २७ अङ्कसहित तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण