निक जोनसबारे सशङ्कित थिइन् प्रियंकाकी आमा
नयाँ दिल्ली । निक जोनस जतिबेला प्रियंका चोपडासँग बिहे गर्ने वाला थिए त्यति बेला प्रियंकाकी आमा मधु भने यसबारे सशङ्कित थिइन् । निक प्रियंकाको असल श्रीमान् बन्छन् भन्नेमा उनलाई आशङ्का थियो ।
छोरीको यो निर्णयले मधु निकै चिन्तित थिइन् । एक त छोरी आफूभन्दा टाढा हुने चिन्ता, त्यसपछि केटा कस्तो कस्तो हो भन्ने आशङ्का ।
निकसँग प्रत्यक्ष नभेट्दासम्म मधुको यो चिन्ता हट्दै हटेन । पहिलो पटक निकलाई भेटेपछि भने निक आफ्नी छोरीको लागि विल्कुल उपर्युक्त पार्टनर हुन् भन्ने मधुलाई लाग्यो । भेटका क्रममा सासु र हुनेवाला ज्वाईबीच अबेर रातसम्म कुराकानी चल्यो । कुराकानीका क्रममा निक आफ्नो छोरीका लागि सही व्यक्ति हुन् भन्ने महसुस मधुलाई भयो । प्रियंकाले पतिको रुपमा जस्तो व्यक्ति चाहेकी थिइन्, उनी ठ्याक्कै त्यस्तै थिए ।
बिहेको भेन्युमा खर्च भएको थियो ४ करोड
निक र प्रियंकाले सन् २०१८ को डिसेम्बर २ मा उदयपुरको उम्मेद भवनमा हिन्दु र क्रिश्चियन रीतिरिवाज अनुसार बिहे गरेका थिए । बिहेको लागि भेन्यु बूकिङमा मात्रै ४ करोड रुपयाँ खर्च भएको थियो । सन् २०१६ सेप्टेम्बरदेखि निक र प्रियंकाबीच हिमचीम बढ्न थालेको थियो । समाचारअनुसार तेस्रो पल्टको डेटिङसम्ममा निकलाई प्रियंका आफूले बिहेका लागि खोजेको जस्तै केटी भएको महसुस गरे अनि बिहेका लागि प्रपोज गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण