बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

निक जोनसबारे सशङ्कित थिइन् प्रियंकाकी आमा

आइतबार, २६ कात्तिक २०८०, १५ : ४४
आइतबार, २६ कात्तिक २०८०

नयाँ दिल्ली । निक जोनस जतिबेला  प्रियंका चोपडासँग बिहे गर्ने वाला थिए त्यति बेला प्रियंकाकी आमा मधु भने यसबारे सशङ्कित थिइन् । निक प्रियंकाको असल श्रीमान् बन्छन् भन्नेमा उनलाई आशङ्का थियो । 

छोरीको यो निर्णयले मधु निकै चिन्तित थिइन् । एक त छोरी आफूभन्दा टाढा हुने चिन्ता, त्यसपछि केटा कस्तो कस्तो हो भन्ने आशङ्का ।

निकसँग प्रत्यक्ष नभेट्दासम्म मधुको यो चिन्ता हट्दै हटेन । पहिलो पटक निकलाई भेटेपछि भने निक आफ्नी छोरीको लागि विल्कुल उपर्युक्त पार्टनर हुन् भन्ने मधुलाई लाग्यो । भेटका क्रममा सासु र हुनेवाला ज्वाईबीच अबेर रातसम्म कुराकानी चल्यो । कुराकानीका क्रममा निक  आफ्नो छोरीका  लागि सही व्यक्ति हुन् भन्ने महसुस मधुलाई भयो । प्रियंकाले पतिको रुपमा जस्तो व्यक्ति चाहेकी थिइन्, उनी ठ्याक्कै त्यस्तै थिए ।

बिहेको भेन्युमा खर्च भएको थियो ४ करोड

निक र प्रियंकाले सन् २०१८ को डिसेम्बर २ मा उदयपुरको उम्मेद भवनमा हिन्दु र क्रिश्चियन रीतिरिवाज अनुसार बिहे गरेका थिए । बिहेको लागि भेन्यु बूकिङमा मात्रै ४ करोड रुपयाँ खर्च भएको थियो । सन् २०१६ सेप्टेम्बरदेखि निक र प्रियंकाबीच हिमचीम बढ्न थालेको थियो । समाचारअनुसार तेस्रो पल्टको डेटिङसम्ममा निकलाई प्रियंका आफूले बिहेका लागि खोजेको जस्तै केटी भएको महसुस गरे अनि बिहेका लागि प्रपोज गरेका थिए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप