नेमारको स्वास्थ्यमा क्रमिक सुधार, खेलमा फर्कन समय लाग्ने
काठमाडौँ । ब्राजिलियन स्टार नेमारको घुँडाको शल्यक्रिया सफल भए पनि उनी कहिलेदेखि मैदानमा फर्कन्छन् भन्ने निश्चित नरहेको चिकित्सकहरुले जनाएका छन् । ३१ वर्षीय प्रभावशाली स्ट्राइकर नेमार हाल साउदी अरेबियाको अल हिलालबाट ब्यवसायिक फुटबल खेल्छन् ।
‘सफल शल्यक्रियापछि उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदैछ । तर, उनी कहिलेदेखि खेलमा फर्कन्छन् भनेर अहिले नै किटान गर्न सकिँदैन,’ उनको उपचारमा संलग्न चिकित्सकले भन्छन् । गत महिला राष्ट्रिय टोलीबाट विश्वकप छनोट खेल्नेक्रममा उनी घाइते भएका थिए ।
नेमारको बायाँ घुँडाको लिगामेन्टमा समस्या देखिएको थियो । चिकित्सकहरुका अनुसार, नेमारलाई पूणर्रुपमा समस्यामुक्त हुन आठदेखि १० महिनासम्म पनि लाग्न सक्छ । ‘नेमार तत्काल मैदानमा फर्कन चाहन्छन् । उनको स्वास्थ्यमा पनि सुधार हुँदैछ । तर, तत्काल उनी मैदानमा फर्कने कुरा सम्भव देखिँदैन,’ ब्राजिलियन फुटबल टोलीका चिकित्सक रोड्रिगो लसमार भन्छन् ।
विश्वकप छनोटको उरुग्वेविरुद्धको खेलको पहिलो हाफमै नेमार घाइते भएका थिए । त्यसपछि उनलाई स्ट्रेचरमा राखेर मैदानबाट बाहिर ल्याइएको थियो । उक्त खेलमा उरुग्वेले ब्राजिललाई २—० गोलले हराएको थियो ।
उनी यसै वर्ष फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)बाट साउदी क्लब अल हिलालमा आबद्ध भएका थिए । नेमारका लागि अल हिलालले नौ करोड युरो खर्चिएका थियो । उनले अल हिलालका लागि हालसम्म पाँच खेलमात्र खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण