सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्र बैंक तथ्याङ्क

बजार महँगी साढे ७ प्रतिशत पुग्दा तलब १.०५ प्रतिशतले मात्र वृद्धि !

मङ्गलबार, २८ कात्तिक २०८०, १२ : ५६
मङ्गलबार, २८ कात्तिक २०८०

काठमाडौँ । बजार महँगीको तुलनामा तलब तथा ज्याला दर निकै न्यून अङ्कले बढेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय बैङ्कको असोज मसान्तसम्मको तथ्याङ्कअनुसार हाल बजार महँगी (उपभोक्ता मुद्रास्फीति) ७.५ प्रतिशत रहेको छ । 

तर २०८० असोज महिनायता वार्षिक बिन्दुगत तलब तथा ज्याला दर सूचकाङ्क भने जम्मा ५.६५ प्रतिशतले मात्र बढेको केन्द्रीय बैङ्कको भनाइ छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क ११.५९ प्रतिशतले बढेको थियो ।  समीक्षा महिनामा तलब सूचकाङ्क र ज्याला दर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ७.०५ प्रतिशतले बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप