क्यालिफोर्नियामा बाइडेन र सीबिच भेटवार्ता, के–के भयो कुराकानी ?
क्यालिफोर्निया । क्यालिफोर्नियाको स्यानफ्रान्सिस्कोस्थित ऐतिहासिक फिलोली इस्टेटमा बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच महत्त्वपूर्ण छलफल भएको छ । एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका अवसरमा दुई देशका प्रमुखबिच भएको यो छलफलले पछिल्ला कयौँ महिनादेखि जारी तनावलाई कम गर्ने अपेक्षा गरिएको छ ।
शिखर सम्मेलनपछि आयोजित करिब २० मिनेट लामो पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिका र चीनबिच सैन्य संवाद पुनः सुचारु हुने जानकारी दिए । उनले राष्ट्रपति सीसँग सञ्चारको सीधा बाटो कायम राख्ने पनि जिकिर गरे ।
दुई देशले अमेरिकामा फेंटेनाइल उत्पादनको प्रवाहसँग जुध्ने प्रयास फेरि सुरु गरिने पनि राष्ट्रपति बाइडेनले जानकारी दिए । छलफलमा युक्रेन र पश्चिम एसियामा चलिरहेको युद्धका विषयमा पनि कुराकानी भएको उनको भनाई थियो ।
यस सम्मेलन सुरु हुनअघि बाइडेनले दुई देशबिचको प्रतिस्पर्धा संघर्षमा बदल्न नहुनेमा जोड दिएका थिए । उनले भनेका थिए, ‘म यो छलफललाई महत्त्व दिन्छु किनभने मलाई लाग्छ तपाईं र हामी बिना कुनै गलतफहमी एक अर्कालाई राम्रोसँग बुझ्न जरुरी छ ।’
गत फेब्रुअरीमा अमेरिकाले चीनको एक सन्दिग्ध बेलुनलाई खसाए पछि दुई देशबिचको सम्बन्धमा थप दरार पैदा भएको थियो । अमेरिकाले त्यो जासुसी बेलुन भएको दाबी गरेको थियो ।
सन् २०२२ को अगस्तमा अमेरिकी प्रतिनिधि सभाकी तत्कालीन स्पीकर न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि दुई देशबिचको सम्बन्धमा नराम्रो असर परेको थियो । त्यस भ्रमणबाट रुष्ट चीनले अमेरिकासँग सैन्य संवाद नै बन्द गरेको थियो ।
दुई देशबिच दक्षिण चीन सागरमा सेनाको गतिविधि, इजरायल–हमास युद्ध, ताइवान, युक्रेन युद्ध र अमेरिकी चुनावमा चीनको कथित हस्तक्षेप जस्ता कयौँ मुद्दामा गहिरो मतभेद रहेको छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण