तीन महिनामा ७३ करोडको दुग्धजन्य पदार्थको आयात
बिहीबार, ३० कात्तिक २०८०, १७ : २३

काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा ७३ करोड रुपैयाँको दुग्धजन्य पदार्थको आयात र ३ करोड रुपैयाँको निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार दुग्धजन्य पदार्थमा ६९ करोड रुपैयाँ व्यापार घाटा देखिएको छ । सरकारले दुग्धजन्य पदार्थको आयात र निर्यात गर्दा २९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
विभागका अनुसार साउन, भदौ र असोज गरी तीन महिनामा ७३ करोड ६२ लाख १६ हजार रुपैयाँको दुग्धजन्य पदार्थ आयात भएको हो । भारत, जापान, मलेसिया, ओमन, चीन, डेनमार्क लगायत मुलुकबाट दुग्धजन्य पदार्थ आयात गरिएको छ । बटर, चिज, घ्यू, धुलो दूध लगायत दुग्धजन्य वस्तु भित्र्याएको विभागको तथ्याङ्क छ ।
तीन महिनाको अवधिमा बटर, घ्यू लगायत वस्तु निर्यात गरिएको छ । भारत, जापान, अमेरिका लगायत मुलुकमा ३ करोड ७२ लाख ९६ हजार रुपैयाँको ती वस्तु निर्यात भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन तितो हुन्छ औषधि ?
-
चितवन घटना : बाबुको आक्रमणमा घाइते भएका दुई जना बालबालिकाको मृत्यु
-
एआईका कारण जागिर गुमाएपछि....
-
हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री
-
एकापसमा भिड्दै ‘के घर के डेरा : घर नं. २’, ‘हेल्लो काँशीराम’ र ‘फाइनल डेस्टिनेसन’
-
'सरकारले हामीलाई भन्दियोस्– राजा र हिन्दुराष्ट्र चाहिन्छ, सङ्घीयता चाहिँदैन भन्नेहरूलाई विद्रोहमा जाऊ'