तीन महिनामा ७३ करोडको दुग्धजन्य पदार्थको आयात
बिहीबार, ३० कात्तिक २०८०, १७ : २३
काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा ७३ करोड रुपैयाँको दुग्धजन्य पदार्थको आयात र ३ करोड रुपैयाँको निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार दुग्धजन्य पदार्थमा ६९ करोड रुपैयाँ व्यापार घाटा देखिएको छ । सरकारले दुग्धजन्य पदार्थको आयात र निर्यात गर्दा २९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
विभागका अनुसार साउन, भदौ र असोज गरी तीन महिनामा ७३ करोड ६२ लाख १६ हजार रुपैयाँको दुग्धजन्य पदार्थ आयात भएको हो । भारत, जापान, मलेसिया, ओमन, चीन, डेनमार्क लगायत मुलुकबाट दुग्धजन्य पदार्थ आयात गरिएको छ । बटर, चिज, घ्यू, धुलो दूध लगायत दुग्धजन्य वस्तु भित्र्याएको विभागको तथ्याङ्क छ ।
तीन महिनाको अवधिमा बटर, घ्यू लगायत वस्तु निर्यात गरिएको छ । भारत, जापान, अमेरिका लगायत मुलुकमा ३ करोड ७२ लाख ९६ हजार रुपैयाँको ती वस्तु निर्यात भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण