विश्व शौचालय दिवसको अवसरमा गोष्ठी हुने
काठमाडौँ । विश्व शौचालय दिवस यस वर्ष पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । बिहीबार काठमाडौँमा एक पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।
विश्व शौचालय दिवसको अवसरमा यस पटक मंसिर १ गते (भोलि) सार्वजनिक शौचालयको व्यवस्थापनको सेरोफेरोमा रहेर गोष्ठी हुने बताइएको छ । पत्रकार सम्मेलनमा बोल्दै स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई. रामदीप साहले गोष्ठीमा ५ वटा कार्यपत्र प्रस्तुत गरी छलफल गरिने बताए ।
उनले छलफलबाट प्राप्त निष्कर्ष र सुझावहरु नेपाल सरकार र सरसफाइमा संलग्न राष्ट्रसंघीय निकाय समक्ष प्रस्तुत गरिने बताए । उनले यस गोष्ठीले दिगो विकास लक्ष्य प्राप्तिका लागि राष्ट्रसंघद्वारा निर्धारित गरिएको दिगो विकास लक्ष्य प्राप्त गर्ने नेपालको विश्वासलाई सहयोग गर्ने लक्ष्य रहेको बताए ।
विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पु¥याउने तथा विश्वमा स्वास्थ्य र सरसफाइको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण