शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रोगबाट बच्न बेलैमा स्वास्थ्य परीक्षण गरौँ : उपप्रमुख डंगोल

शनिबार, ०२ मङ्सिर २०८०, ११ : ४१
शनिबार, ०२ मङ्सिर २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपाली समाजमा हरेक घरमा एकजना मधुमेहका बिरामी रहेको भन्दै बेलैमा स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिएकी छ । शनिबार काठमाडौँ महानगपालिका र नेपाल मधुमेही समाजको संयुक्त आयोजनामा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमपछि बोल्दै उनले सो कुरा बताएकी हुन् ।

शिविरको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रमुख डंगोलले मधुमेह लगायतका रोग जीवनशैलीसँग जोडिने रोग भएकाले सबै सचेत हुनुपर्ने बताइन् । ‘नेपाल मधुमेही समाजको विशेष कार्यक्रमअन्तर्गत आज हामी संस्थामा नै भिजिट गर्न आएका छौँ । काठमाडौं महानगरपालिकाले पनि नेपाल मधुमेह समाजसँग सहकार्य गरी थुप्रै कार्यक्रम गरिरहेका छौँ’ उनले भनिन्– ‘अहिले नेपाली समाजमा हरेक घरमा एकजना मधुमेहका बिरामी देख्न सक्छौँ । यस्ता रोग जीवनशैलीसँग जोडिएको रोग हो । यस्तोमा मान्छेलाई सचेत गराउनुपर्छ ।’

विश्व मधुमेह दिवस, २०२३ को अवसरमा आयोजित निःशुल्क शिविर पण्डित निष्ठानन्दको शालिक परिसर नःबहिल, ओमबहालमा सञ्चालन भएको हो ।  यस वर्ष ‘जोखिम बुझौँ, सजगता अपनाऔँ’ भन्ने नारासहित विश्व मधुमेह दिवस मनाइँदैछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप