छठमा केराको मूल्य आकासियो
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवामा रहेको बजारमा छठ पूजाका लागि प्रसाद सामग्रीहरू किन्नेको भिड बिहानैदेखि देखिएको छ ।
छठ पूजाको लागि पूजा सामग्री किन्न बजार आएका धनुषा लक्ष्मीनिया गाउँपालिका–३ बनिगामाका जागेश्वर महरा भन्छन्, ‘१५ सय रुपैयाँ लिएर बजार आएको थिए । एक हजार सक्यो तर झोला खाली नै छ । पूजा सामग्री आधा जति किन्न बाँकी नै छ ।’ उनले प्रसादका लागि केरासहित छोरीको लागि सामा चकेवा सन्ठी र सिक्की मात्रै किनेका रहेछन् ।
यतिबेला बजारमा केराको माग निकै बढेको छ । योसँगै छठ पर्वमा प्रमुख प्रसादका रूपमा प्रयोग हुने केराको मूल्य आकासिएको छ । विगतका वर्षहरूमा ३ सयदेखि सबैभन्दा बढी ८ सयसम्म पाइने केराको घरी अहिले बजारमा सो मूल्यमा भेट्न मुस्किल छ । ‘१ हजार भन्दा कमको घरी नै छैन बजारमा,’ पूजा सामग्री किन्न आएका धनुषाधाम नगरपालिका-४ का लक्ष्मण मण्डल बताउँछन् । उनका अनुसार विगतको तुलनामा यो वर्ष केराको दाम वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष केराको मूल्य करिब ४० देखि ८० प्रतिशत वृद्धि भएको छ । अहिले एक घरी केराको मूल्य साधरणतया १८ सय रुपैयाँ सम्ममा बिक्री भइरहेको छ ।

स्थानीय किसानहरूले पर्याप्त मात्रामा केराको खेती नगर्नु र छठ पर्वको बेला केराको अत्यधिक मात्रामा बढ्नु नै केराको मूल्य आकासिनुको मुख्य कारण हो । यता बाहिर बजारबाट केरा आयात भएर स्थानीय बजारमा नै खरिद बिक्री हुँदा मूल्य बढेको व्यापारीहरू बताउँछन् । केरा व्यापारी सन्तोष साहका अनुसार बाहिरबाट केरा ल्याउँदा विभिन्न खर्चहरू जोडिएर स्थानीय बजारमा केराको मूल्य बढेको हो ।
बजारमा केराको माग बढेपछि स्थानीय किसानहरूले लगाएको केरा पनि बजारमा ल्याउने क्रम जारी छ । छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै यस वर्ष चार करोडको केरा भारतबाट आयात गरिएको छ ।
छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए । उनका अनुसार केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन । भारतबाट जनकपुर भित्र्याइएको केराहरु यहाँको स्थानीय बजारमा बिक्री वितरण हुने गरेको छ ।

स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको अध्यक्ष यादवको भनाइ छ । उनले गत वर्ष पौने दुई करोडभन्दा बढीको केरा जनकपुरधाममा आयात भएको बताए । उनका अनुसार यस वर्ष झन्डै ७० ट्रक केरा जनकपुरधाममा आयात भएको छ ।
जनकपुरधाममा गोपाल र वंशीभोग जातका केरा सप्तरी जिल्लाको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ । मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट भित्र्याइएको छ।
नेपालको हरेक क्षेत्रमा स्थानीय जातका केरा उत्पादन हुन्छन् । नेपालमा मालभोग, झापाली मालभोग, विलियम हाइब्रिड रोवस्टा, विलियम हाइब्रिडलगायत जातका केरा उत्पादन हुँदै आएको छ । सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याका कारण केराको उत्पादन बढाउन नसकिएको व्यवसायीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण