बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीदेवीसँग अजय देवगनले कहिले काम नगर्नुको कारण के थियो ?

आइतबार, ०३ मङ्सिर २०८०, १७ : १५
आइतबार, ०३ मङ्सिर २०८०

नयाँ दिल्ली । अजय देवगन बलिउडका टप एक्टर हुन् । अजयले सन् १९९१ मा आएको फिल्म फूल और काँटेबाट बलिउडमा डेब्यू गरेका थिए । उनको पहिलो फिल्म निकै हिट भयो । 

त्यति बेलादेखि अहिलेसम्म उनले बलिउडका हरेक टप र लिड एक्ट्रेससँग काम गरेका छन्, एक जनालाई छाडेर । ती अभिनेत्री त्यति बेलाकी सबैभन्दा महँगी अभिनेत्रीमा पर्थिन् । अजयले काम गर्न नपाएका ती अभिनेत्री अरु कोही नभएर श्रीदेवी थिइन् । अहिले त श्रीदेवीको निधन भएको पनि साढे ५ वर्षभन्दा बढी भइसक्यो । तर उनीसँग काम नगर्नुको पछुतो अजय देवगनलाई बेला बेलामा भइरहन्छ ।

कुनै बेला श्रीदेवीको क्रेज बलिउडमा यति धेरै थियो कि उनी बलिउडका ठूला कलाकारले भन्दा धेरै पारिश्रमिक लिन्थिन् । आफूले खेल्ने फिल्ममा को को खेल्छ, को खेल्दैन भन्ने फैसला समेत उनी आफैँले गर्थिन् । एउटा ब्लकबष्टर फिल्मबाट श्रीदेवीले अजयलाई निकालिदिएको आरोप पनि छ । अमिताभ बच्चन, श्रीदेवी र नागार्जुनको फिल्म खुदा गवाहमा सुरुमा अजय देवगनलाई साइन गरिएको थियो । यो फिल्म अजयले बलिउडमा डेब्यू गरेको अर्को वर्ष अर्थात् १९९२ मा आएको थियो । तर श्रीदेवीले भनेकै कारण मेकरले अजयलाई फिल्मबाट निकालिदिए । अजय देवगनको फिल्म दक्षिण भारतीय फिल्मका सुपरस्टार नागार्जुनलाई दिइयो । श्रीदेवी साउथबाटै आएकी थिइन् । साउथप्रति उनको मनमा धेरै लगाव थियो । आफूलाई श्रीदेवीकै कारण फिल्मबाट निकालिएको अजयले पनि मानेका थिए । त्यही भएर उनले कहिले पनि उनीसँग काम गरेनन् ।

श्रीदेवीको मृत्यु सन् २०१८ मा दुबईको एक होटेलमा बाथटबमा डुबेर भएको थियो । त्यति बेला उनको उमेर ५४ वर्षको मात्रै थियो । श्रीदेवीको मृत्यु पछि अजयले उनीसँग काम नगरेको दुःख र पछुतो एकै चोटि व्यक्त गरेका थिए । ‘मैले उनीसँग कहिले पनि काम गरिनँ, तर उनी जस्तोखालको अभिनेत्री थिइन्, सानैदेखि म उनीसँग निकै प्रभावित थिए । मेरो उनीसँग जे पनि कुराकानी भएको थियो, उनी कस्तो खालको व्यक्ति हुन् भनेर मैले थाहा पाइसकेको थिएँ । मलाई लाग्दैन कि इन्डस्ट्रीमा कसैले पनि उनको स्थान लिन सक्छ । यस्तो यस्तो खालको क्षति हो जो कहिले पनि पूरा हुने छैन,’ अजय देवगनले भनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप