फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङख्या ८ पुग्यो
आइतबार, ०३ मङ्सिर २०८०, १९ : ११
मनिला । दक्षिणी फिलिपिन्समा शुक्रबार दिउँसो आएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।
राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषद्ले जनाएअनुसार मृतकहरूको सङ्ख्या अझै पनि यकिन हुन बाँकी रहेको छ भने प्रान्तीय अधिकारीहरूले त्यसबारे निरन्तर मूल्याङ्कन गरिरहेका छन्।
भूकम्पबाट १ हजार ५ सयभन्दा बढी मानिस प्रभावित भएका छन् । विद्यालय भवन, सरकारी भवन, पुल, सडक, निजी प्रतिष्ठानलगायत करिब ५० घर र ७० भन्दा बढी अन्य भौतिक संरचनामा क्षति पुगेको छ । कतिपय क्षतिग्रस्त सडकमा यातायात सुरु गर्न नसकिएको प्राधिकरणले जनाएको छ ।
अपतटीय भूकम्पको झड्काले अपराह्न ४:१४ बजे ७२ किलोमिटरको गहिराइमा डाभाओ ओक्सीडेन्टलको सारंगानी सहरबाट ३४ किलोमिटर उत्तर पश्चिममा ठुलो कम्पन ल्याएको थियो ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण