ग्यालेक्सी एस२३ एफ इको प्रि–अर्डर सुरु
काठमाडौँ । सामसङ नेपालले प्रख्यात ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस२३ एफ इ मोबाइलको प्रि–अर्डर नेपालभर सामसङको आधिकारिक स्टोरहरूबाट सुरु गरेको छ ।
ग्यालेक्सी एस२३ एफ इमा १२० हर्ज रिफ्रेस दर भएको ६.४ इन्चको भव्य एमोलेड २एक्स डिस्प्ले रहेको छ । ग्यालेक्सी एस२३ एफ इमा प्रो–ग्रेड क्यामराको विशेषताहरू छन् । यसको पछाडि प्रमुख ग्रेडको ५० एमपि (डब्लु) र १२ एमपि (युडब्लु) र ८ एमपि (ओआइएस) युक्त ३ गुणा ठुलो अप्टिकल जूम सहितको क्यामरा जडान गरिएको छ । ग्यालेक्सी एस२३ एफ इ क्यामरामा एआई शक्ति प्रदत्त टुलहरु रहेका छन् ।
ग्यालेक्सी एस२३ एफ इमा सर्वोत्कृष्ट र भरपर्दो कार्यसम्पादनको लागि भव्य ४एनएम चिपसेटको पावर दिइएको छ । धेरै समय चल्ने २५ वाटको एडप्टरका साथ केवल ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुने ४५०० एमएएच ब्याट्रीले ऊर्जाको बचत गर्न सहजै संयोजन गर्दछ ।
ग्यालेक्सी एस२३ एफ इ प्रभावकारी ८ जिबी र्याम र २५६ जिबीको स्टोरेजमा उपलब्ध छ । मिन्ट र ग्रेफाइट रङहरुमा पाइने ग्यालेक्सी एस२३ एफ इ चाँडै नै देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो मोबाइलको मूल्य ८५ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
यो शून्य प्रतिशत ब्याजदरमा पनि उपलब्ध हुनेछ । ग्राहकहरूले सामसङ इन्स्टा फाइनान्सले दिएको सुविधाको लाभ उठाउँदै मासिक ४ हजार ३०० रुपैयाँ किस्ता तिरेर नयाँ ग्यालेक्सी एस२३ एफ इलाई आफ्नो बनाउन सक्नेछन् । सामसङले एक वर्षको लागि १ पटकको ब्रेकेज बीमा प्रदान गरेको छ भने आफ्नो सामसङ फोनको अपग्रेड गर्न इच्छुकहरूका लागि एक्सचेञ्ज सुविधा पनि प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको अन्य राजनीतिक दल संवाद समितिमा दुई सदस्य मनोनयन
-
'नेपालको जलस्रोत' सार्वजनिक : जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह
-
एमबीएस प्रश्नपत्र लिक गर्ने आरोपीको खुलाइयो परिचय
-
फैसला कार्यान्वयन गर्न चार पटक ताकेता, श्रम मन्त्रालयको बेवास्ता
-
एमबीएस प्रश्नपत्र लिक प्रकरणः कसरी हुँदै छ छानबिन ?
-
अमेरिका–रुसको अन्तरिक्ष टोली २४१ दिनपछि कजाखस्तानमा सुरक्षित अवतरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण