शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

ग्यालेक्सी एस२३ एफ इको प्रि–अर्डर सुरु

मङ्गलबार, ०५ मङ्सिर २०८०, १३ : ५१
मङ्गलबार, ०५ मङ्सिर २०८०

काठमाडौँ । सामसङ नेपालले प्रख्यात ग्यालेक्सी एस सिरिजको नयाँ मोडल ग्यालेक्सी एस२३ एफ इ मोबाइलको प्रि–अर्डर नेपालभर सामसङको आधिकारिक स्टोरहरूबाट सुरु गरेको छ ।

ग्यालेक्सी एस२३ एफ इमा १२० हर्ज रिफ्रेस दर भएको ६.४ इन्चको भव्य एमोलेड २एक्स डिस्प्ले रहेको छ । ग्यालेक्सी एस२३ एफ इमा प्रो–ग्रेड क्यामराको विशेषताहरू छन् । यसको पछाडि प्रमुख ग्रेडको ५० एमपि (डब्लु) र १२ एमपि (युडब्लु) र ८ एमपि (ओआइएस) युक्त ३ गुणा ठुलो अप्टिकल जूम सहितको क्यामरा जडान गरिएको छ । ग्यालेक्सी एस२३ एफ इ क्यामरामा एआई शक्ति प्रदत्त टुलहरु रहेका छन् ।

ग्यालेक्सी एस२३ एफ इमा सर्वोत्कृष्ट र भरपर्दो कार्यसम्पादनको लागि भव्य ४एनएम चिपसेटको पावर दिइएको छ । धेरै समय चल्ने २५ वाटको एडप्टरका साथ केवल ३० मिनेटमा ५० प्रतिशतसम्म चार्ज हुने ४५०० एमएएच ब्याट्रीले ऊर्जाको बचत गर्न सहजै संयोजन गर्दछ ।

ग्यालेक्सी एस२३ एफ इ प्रभावकारी ८ जिबी र्‍याम र २५६ जिबीको स्टोरेजमा उपलब्ध छ । मिन्ट र ग्रेफाइट रङहरुमा पाइने ग्यालेक्सी एस२३ एफ इ चाँडै नै देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो मोबाइलको मूल्य ८५ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

यो शून्य प्रतिशत ब्याजदरमा पनि उपलब्ध हुनेछ । ग्राहकहरूले सामसङ इन्स्टा फाइनान्सले दिएको सुविधाको लाभ उठाउँदै मासिक ४ हजार ३०० रुपैयाँ किस्ता तिरेर नयाँ ग्यालेक्सी एस२३ एफ इलाई आफ्नो बनाउन सक्नेछन् । सामसङले एक वर्षको लागि १ पटकको ब्रेकेज बीमा प्रदान गरेको छ भने आफ्नो सामसङ फोनको अपग्रेड गर्न इच्छुकहरूका लागि एक्सचेञ्ज सुविधा पनि प्रदान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप