ठूलो पर्दामा पिता शाहरुखसँगै डेब्यू गर्दै सुहाना
नयाँ दिल्ली । २०२३ बलिउडका किंग शाहरुख खानका लागि निकै फलिफापको वर्ष रह्यो । उनको पठान र जवान दुवै फिल्म बक्स अफिसमा ब्लकबष्टर बने । अहिले उनी राजकुमार हिरानीसँग डंकीको तयारीमा जुटेका छन् । डंकी चर्चामै रहिरहँदा शाहरुखको आगामी फिल्मबारे चर्चा हुन लागेको छ ।
बलिउड हंगामाका अनुसार शाहरुखको अर्को भेञ्चर सुजोए घोषले निर्देशन गर्नेछन् । यो फिल्ममा शाहरुखको साथमा अरु कोही नभएर उनकै छोरी सुहाना खानको पनि अभिनय रहनेछ । स्रोतहरुका अनुसार यो फिल्म भव्य एक्शन थ्रिलर हुनेछ ।
फिल्मको सुटिङ सन् २०२४ को नोभेम्बरमा शुरु हुँदैछ । अर्को वर्षको मार्चमा शुटिङ सम्पन्न हुने अपेक्षा गरिएको छ । फिल्मको शुटिङ भारत र विदेश दुबैतिर जोरसोरका साथ हुने बताइएको छ । फिल्मको नाम अहिलेसम्म फाइनल भइसकेको छैन । सुजोए घोषको यो महत्वकांक्षी फिल्म ठूलो पर्दामा सुहानाको डेब्यू हुनेछ ।
सुहानाले नेटफ्लिक्सको फिल्म द आर्चिजबाट एक्टिङ डेब्यु गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण