विश्वकपको हारमा मोदीलाई राहुलको व्यङ्ग्य, 'पीएम भनेको पनौती मोदी'
राजस्थान । भारतीय कांग्रेस नेता राहुल गान्धीले मंगलबार राजस्थानको बाडमेरमा चुनावी र्यालीमा विश्वकपमा भारतको पराजयको सन्दर्भमा प्रधानमन्त्री नरेन्द्र मोदीको खिल्ली उडाएका छन् । उनले प्रधानमन्त्री मोदीलाई ‘पनौती मोदी’ भनेका छन् ।
भाजपाले राहुल गान्धीको भनाइप्रति कडा आपत्ति प्रकट गर्दै उनीसँग माफी माग्नुपर्ने माग गरेको छ । राहुलले भने, ‘पीएम भनेको पनौती मोदी हो। हाम्रा खेलाडीहरूले त्यहाँ विश्वकप जित्थे, उनीहरूलाई हराइयो।’ उनले थप भने, ‘टिभीले यसो भन्दैनन्, तर जनतालाई थाहा छ।’
प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकपको खेल हेर्न अहमदाबादको नरेन्द्र मोदी स्टेडियम पुगेका थिए । त्यहाँ अस्ट्रेलिया र भारतबिचको फाइनल खेलमा अस्ट्रेलिया विजयी भएको थियो ।
राहुलको भनाइलाई लिएर विभिन्न प्रतिक्रिया आइरहेका छन् । उनको भनाइमा धेरैले प्रश्न पनि उठाइरहेका छन् । भाजपा नेता रविशंकर प्रसादले राहुल गान्धीले आफ्नो बयानका लागि माफी माग्नुपर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण