बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

अपर बलेफी हाइड्रोपावर र नेपाल विद्युत् प्राधिकरणबिच पीपीए

बुधबार, ०६ मङ्सिर २०८०, १६ : २७
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौँ । अपर बलेफी हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबिच विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भएको छ ।  

मंगलबार एक समारोहका बीच नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र अपर बलेफी हाइड्रोपावर लिमिटेडका अध्यक्ष उमेश कसजुले  सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

सो अवसरमा गोल्याण ग्रुपको ऊर्जा विभागका प्रमुख कार्यकारी अधिकृत  प्रवीण अर्याल तथा गोल्यान ग्रुपका प्रमुख वित्तिय अधिकृत  संजय कुमार साहको उपस्थिति रहेको थियो । 

गोल्यान ग्रुपको ऊर्जा विभाग अन्तर्गत अपर बलेफी जलविद्युत परियोजना (४६ मेगावाट) सञ्चालनमा रहेको छ ।  सो परियोजनाको पीपीएले नेपालमा ऊर्जाको दिगो समाधानको लागि एक महत्त्वपूर्ण खुड्किला पार गरेको कम्पनीको भनाइ छ ।  यस परियोजना सिन्धुपाल्चोक जिल्लामा अवस्थित रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप