अपर बलेफी हाइड्रोपावर र नेपाल विद्युत् प्राधिकरणबिच पीपीए
बुधबार, ०६ मङ्सिर २०८०, १६ : २७
काठमाडौँ । अपर बलेफी हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबिच विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भएको छ ।
मंगलबार एक समारोहका बीच नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र अपर बलेफी हाइड्रोपावर लिमिटेडका अध्यक्ष उमेश कसजुले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा गोल्याण ग्रुपको ऊर्जा विभागका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्याल तथा गोल्यान ग्रुपका प्रमुख वित्तिय अधिकृत संजय कुमार साहको उपस्थिति रहेको थियो ।
गोल्यान ग्रुपको ऊर्जा विभाग अन्तर्गत अपर बलेफी जलविद्युत परियोजना (४६ मेगावाट) सञ्चालनमा रहेको छ । सो परियोजनाको पीपीएले नेपालमा ऊर्जाको दिगो समाधानको लागि एक महत्त्वपूर्ण खुड्किला पार गरेको कम्पनीको भनाइ छ । यस परियोजना सिन्धुपाल्चोक जिल्लामा अवस्थित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण