अर्थमन्त्रीद्वारा जनक शिक्षाको अनुगमन
भक्तपुर । अर्थमन्त्री डा.प्रकाशशरण महतले आज सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको अनुगमन गरेका छन् । केन्द्रले गरिरहेको विद्यालयस्तरको पाठ्य पुस्तकको छपाइको मन्त्री महतले स्थलगत अनुगमन गरेका हुन् । उाले जनक शिक्षाको सेक्युरिटी प्रेसको समेत अनुगमन गरे ।
मन्त्री डा महतलाई केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले केन्द्रका काम र गतिविधिको बारेमा जानकारी गराउँदै पुस्तक छपाइ र अन्य सामग्री छपाइको बारेमा जानकारी गराएका थिए ।
उनले विगत चार वर्षदेखि नेपाल सरकारको अन्तःशुल्कसम्बन्धी काम सेक्युरिटी प्रेसमा छपाइ हुँदै आएकोमा सरकारले यसवर्ष उक्त काम भारतमा छपाइ गर्न लगेको भन्दै सरकारका त्यस्ता गोप्य काम केन्द्रकै सेक्युरिटी प्रेसमा छपाइका लागि दिन आग्रह गरे । मन्त्री डा महतले जनक शिक्षालाई कामको खाँचो नहुने भन्दै सरकारले छपाइका लागि केन्द्रलाई नै दिने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण