अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन ट्राफिक प्रहरीको आग्रह
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
मङ्सिर ७ गते काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा विभिन्न समूहले र्याली र जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले काठमाडौँ उपत्यका भरी सवारी आवागमनमा असहजता सिर्जना हुन सक्ने कार्यालयको भनाई छ ।
बिहीबार एकै दिन दुर्गा प्रसाईं र नेकपा एमालेको युवा संघ नेपालले काठमाडौँ केन्द्रित विरोध प्रदर्शन गर्न लागेका हुन् । सम्भावित असहज स्थितलाई मध्यनजर गर्दै प्रशासनले विभिन्न स्थानमा निषेधित क्षेत्र समेत घोषणा गरिसकेको छ ।
ट्राफिक प्रहरीले सडकमा निस्कन पूर्व १०० वा १०३ मा टेलिफोन गर्न र ट्राफिक एफ. एम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कन हुन पनि अनुरोध गरेको छ । ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्न पनि अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण