केनको कीर्तिमानी गोल वर्षा जारी
शनिबार, ०९ मङ्सिर २०८०, ११ : ३०
म्युनिख । इंग्ल्याण्डका कप्तान ह्यारी केनले गोल वर्षा जारी राख्दा बायर्न म्युनिख एफसी कोलनलाई हराउँदै बुन्डेस् लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
खेलमा केनको एक मात्र गोल निर्णायक बनेको थियो । २० औँ मिनेटमा एरिक म्याक्सिम चुपो मोटिङको प्रहारलाई गोललाइनबाट क्लियर गरेपछि उनले त्यसलाई गोलमा परिणत गरेका थिए ।
१२ लिग खेलमा उनको यो १८ औँ गोल थियो । जर्मनीको शीर्ष लिगको एकै सिजनमा १८ गोल गर्ने उनी पहिलो इङ्लिस खेलाडी बनेका छन् ।
जीतपछि एक खेल कम खेलेको बायर लेभरक्युजनलाई १ अङ्कले उछिन्दै बायर्न शीर्ष स्थानमा पुगेको छ । १२ खेलबाट बायर्नको ३२ अङ्क छ । उता, लिगमा एक मात्र अपराजित टोली लेभरक्युजनले शनिबार वेर्डर ब्रेमनको सामना गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण