शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

केनको कीर्तिमानी गोल वर्षा जारी

शनिबार, ०९ मङ्सिर २०८०, ११ : ३०
शनिबार, ०९ मङ्सिर २०८०

म्युनिख । इंग्ल्याण्डका कप्तान ह्यारी केनले गोल वर्षा जारी राख्दा बायर्न म्युनिख एफसी कोलनलाई हराउँदै बुन्डेस् लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

खेलमा केनको एक मात्र गोल निर्णायक बनेको थियो । २० औँ मिनेटमा एरिक म्याक्सिम चुपो मोटिङको प्रहारलाई गोललाइनबाट क्लियर गरेपछि उनले त्यसलाई गोलमा परिणत गरेका थिए । 

१२ लिग खेलमा उनको यो १८ औँ गोल थियो । जर्मनीको शीर्ष लिगको एकै सिजनमा १८ गोल गर्ने उनी पहिलो इङ्लिस खेलाडी बनेका छन् । 

जीतपछि एक खेल कम खेलेको बायर लेभरक्युजनलाई १ अङ्कले उछिन्दै बायर्न शीर्ष स्थानमा पुगेको छ । १२ खेलबाट बायर्नको ३२ अङ्क छ । उता, लिगमा एक मात्र अपराजित टोली लेभरक्युजनले शनिबार वेर्डर ब्रेमनको सामना गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप