सरकारी छाप किर्ते गर्ने पाँच जना पक्राउ
विराटनगर । मोरङको रतुवामाइ नगरपालिकाबाट सरकारी छाप दस्तखत किर्ते गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई रतुवामाई नगरपालिका ३ का वडाध्यक्ष ५५ वर्षीय देविलाल ताजपुरियाको हस्ताक्षर र सरकारी छाप किर्ते गरेर सिफारिस लिएको आरोप छ ।
यसरी पक्राउ पर्नेमा रतुवामाई ४ का ६५ वर्षीय चेतनलाल राजवंशी, सोही ठाउँका ६२ वर्षका झरिया देवि राजवंशी, ६३ वर्षका विष्णु राजवंशी, ६३ वर्षका पैखन लाल राजवंशी र ६४ वर्षका कन्हारु लाल केवरत छन् ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालका अनुसार उनीहरुले कार्तिक २ गते जग्गा बिक्रीको लागि वडाबाट सिफारिस लिनको लागि किर्ते हस्ताक्षर र सरकारी छाप दुरुपयोग गरेर नक्कली कागज बनाएका थिए ।
‘जग्गा पास गराउन रंगेलीको मालपोत कार्यालय गएका रहेछन् । वडाले दिएको सिफारिसमा अध्यक्षको जस्तै सही किर्ते लागेपछि मालपोतलाई शंका लागेछ । त्यसपछि प्रहरीलाई खबर गयो । वडाअध्यक्षलाई बोलाए । चलानी नम्बर पनि रेकट नभएको पत्र बनाएर किर्ते कागजपत्र ल्याएको पत्ता लागो । त्यसपछि वडाअध्क्षले दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो,’ डिएसपी दाहालले भने ।
जाहेरी परेपछि कार्तिक १६ गते मोरङ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई खोजतलास कार्य भई रहेकोमा मंगलबार ९ गते रतुवामाई नगरपालिका वडा नं। ४ झुर्कियाबाट पक्राउ गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण