हालान्डको रेकर्ड तर रोकियो सिटी

इतिहाद । अर्लिङ हालान्ड प्रिमियर लिगमा सबैभन्दा चाँडो ५० गोल गर्ने खेलाडी बने पनि म्यानचेस्टर सिटी आफ्नो घरेलु मैदानमा लिभरपुलसँग बराबरीमा रोकिएको छ । शनिबार भएको शीर्ष दुई टोलीको भिडन्तमा सिटी र लिभरपुलले १–१ को बराबरी खेलेका हुन् ।
खेलको २७ औँ मिनेटमा नाथन आकेको पासमा हालान्डले सिटीलाई अग्रता दिलाएका थिए । योसँगै उनले मात्र ४८ खेलमा लिगमा ५० गोल पुर्याए । हालान्डले लिगमा ब्रेन्टफोर्डबाहेक आफूले सामना गरेका सबै टोलीविरुद्ध गोल गर्न पनि सफल भएका छन् ।
खेलको लामो समयसम्म हालान्डको गोलमा सिटीले अग्रता कायम राखे पनि ८० औँ मिनेटमा ट्रन्ट अलेक्सान्डर आर्नोल्डले गोल गर्दै लिभरपुललाई अङ्क दिलाए । यसअघि रुबेन डियासको गोल रद्द गरिएको थियो ।
बराबरीका बाबजुद सिटी १३ खेलबाट २९ अङ्कसहित लिगको अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । २८ अङ्कसहित लिभरपुल दोस्रो स्थानमा रहेको छ । आर्सनलले ब्रेन्टफोर्डलाई हराए टोली शीर्ष स्थानमा उक्लिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
-
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक
-
राउटे मुखिया शाहीको मृत्यु
-
एनआरएनए विवादसम्बन्धी तीन वटा रिट र निवेदन हेर्न नमिल्ने
-
काठमाडौं भ्यूटावर भत्काउनुपर्ने पक्षमा उपमेयर सुनिता डंगोल