हालान्डको रेकर्ड तर रोकियो सिटी
इतिहाद । अर्लिङ हालान्ड प्रिमियर लिगमा सबैभन्दा चाँडो ५० गोल गर्ने खेलाडी बने पनि म्यानचेस्टर सिटी आफ्नो घरेलु मैदानमा लिभरपुलसँग बराबरीमा रोकिएको छ । शनिबार भएको शीर्ष दुई टोलीको भिडन्तमा सिटी र लिभरपुलले १–१ को बराबरी खेलेका हुन् ।
खेलको २७ औँ मिनेटमा नाथन आकेको पासमा हालान्डले सिटीलाई अग्रता दिलाएका थिए । योसँगै उनले मात्र ४८ खेलमा लिगमा ५० गोल पुर्याए । हालान्डले लिगमा ब्रेन्टफोर्डबाहेक आफूले सामना गरेका सबै टोलीविरुद्ध गोल गर्न पनि सफल भएका छन् ।
खेलको लामो समयसम्म हालान्डको गोलमा सिटीले अग्रता कायम राखे पनि ८० औँ मिनेटमा ट्रन्ट अलेक्सान्डर आर्नोल्डले गोल गर्दै लिभरपुललाई अङ्क दिलाए । यसअघि रुबेन डियासको गोल रद्द गरिएको थियो ।
बराबरीका बाबजुद सिटी १३ खेलबाट २९ अङ्कसहित लिगको अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । २८ अङ्कसहित लिभरपुल दोस्रो स्थानमा रहेको छ । आर्सनलले ब्रेन्टफोर्डलाई हराए टोली शीर्ष स्थानमा उक्लिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण