अन्यायविरुद्ध लड्न नसके शक्ति राष्ट्रले हेप्छन् : बिजुक्छे
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अन्यायविरुद्ध आवाज उठाउनुपर्ने बताएका छन् । ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने नाराका साथ भक्तपुरमा आज सम्पन्न ४३ औँ नेपाल भाषा साहित्य तःमूज्यामा उत्कृष्ट सांस्कृतिक एवं साहित्यकारहरुलाई आज पुरस्कार प्रदान गर्दै यस्तो बताएका हुन् ।
अध्यक्ष बिजुक्छेले अन्यायविरुद्ध लड्न नसके शक्ति राष्ट्रले हेप्ने भएकाले किताबमा लेखेर, अखबारमा छापेर, जुलुस गरेर निरन्तर आवाज उठाइरहनुपर्ने बताए । नेमकिपा सचिव एवं सांसद प्रेम सुवाल, बागमती प्रदेशसभा सदस्यहरु सुरेन्द्रराज गोसाई, सृजना सैँजू, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, तःमूज्याका अध्यक्ष आशाकुमार चिकंबन्जार लगायतले भाषा र साहित्यबाट पनि अन्यायविरुद्ध आवाज उठाउनुपर्ने बताए ।
साहित्यकार सङ्ग्रौलाको सम्मान
बैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिष्ठानले साहित्यकार खगेन्द्र सङ्ग्रौलालाई सम्मान गरेको छ । श्रेष्ठको ९० औँ जन्मजयन्तीका अवसरमा नेपाल भाषाका कवि योगेन्द्र प्रधानले साहित्यकार सङ्ग्रौलालाई पुरस्कार एवं बैकुण्ठहरि श्रेष्ठ सम्मानबाट अभिनन्दन गरेका हुन् ।
त्यस अवसरमा कवि प्रधानले बैकुण्ठहरि श्रेष्ठले नेपालमा प्रजातन्त्र र गणतन्त्रको स्थापनाका लागि गर्नुभएको योगदानको चर्चा गर्दै साहित्यको माध्यमबाट पनि क्रान्ति गर्न सकिने औँल्याए । बैकुण्ठहरिले लोकतन्त्र र गणतन्त्रका लागि आफ्नो ज्यान आहुति दिएको बताउँदै उनले हरेक वर्ष पुरस्कार प्रदान गरेर स्वर्गीय श्रेष्ठको योगदानलाई सधैँ जीवन्त राख्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण