अन्यायविरुद्ध लड्न नसके शक्ति राष्ट्रले हेप्छन् : बिजुक्छे
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अन्यायविरुद्ध आवाज उठाउनुपर्ने बताएका छन् । ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने नाराका साथ भक्तपुरमा आज सम्पन्न ४३ औँ नेपाल भाषा साहित्य तःमूज्यामा उत्कृष्ट सांस्कृतिक एवं साहित्यकारहरुलाई आज पुरस्कार प्रदान गर्दै यस्तो बताएका हुन् ।
अध्यक्ष बिजुक्छेले अन्यायविरुद्ध लड्न नसके शक्ति राष्ट्रले हेप्ने भएकाले किताबमा लेखेर, अखबारमा छापेर, जुलुस गरेर निरन्तर आवाज उठाइरहनुपर्ने बताए । नेमकिपा सचिव एवं सांसद प्रेम सुवाल, बागमती प्रदेशसभा सदस्यहरु सुरेन्द्रराज गोसाई, सृजना सैँजू, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, तःमूज्याका अध्यक्ष आशाकुमार चिकंबन्जार लगायतले भाषा र साहित्यबाट पनि अन्यायविरुद्ध आवाज उठाउनुपर्ने बताए ।
साहित्यकार सङ्ग्रौलाको सम्मान
बैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिष्ठानले साहित्यकार खगेन्द्र सङ्ग्रौलालाई सम्मान गरेको छ । श्रेष्ठको ९० औँ जन्मजयन्तीका अवसरमा नेपाल भाषाका कवि योगेन्द्र प्रधानले साहित्यकार सङ्ग्रौलालाई पुरस्कार एवं बैकुण्ठहरि श्रेष्ठ सम्मानबाट अभिनन्दन गरेका हुन् ।
त्यस अवसरमा कवि प्रधानले बैकुण्ठहरि श्रेष्ठले नेपालमा प्रजातन्त्र र गणतन्त्रको स्थापनाका लागि गर्नुभएको योगदानको चर्चा गर्दै साहित्यको माध्यमबाट पनि क्रान्ति गर्न सकिने औँल्याए । बैकुण्ठहरिले लोकतन्त्र र गणतन्त्रका लागि आफ्नो ज्यान आहुति दिएको बताउँदै उनले हरेक वर्ष पुरस्कार प्रदान गरेर स्वर्गीय श्रेष्ठको योगदानलाई सधैँ जीवन्त राख्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक आयोगहरूमा सचिवस्तरका कर्मचारी पठाउन सक्ने अवस्था छैन : मन्त्री जोशी
-
नेपाल–यूरोपेली मुलुक सिधा हवाई उडान सुचारु गर्न सीआईएनको माग
-
‘ग्रीन मोबिलिटी फर टुरिजम प्रोस्पेरिटी’ विषयक अन्तरक्रिया गर्दै स्पार्क कार
-
हामी २००७ सालदेखि लडिरहेका छौँ, लडिरहन्छौँ : महत
-
एमाले दलका नेता ओलीमाथि आक्रमणको प्रयास भयो : रघुजी पन्त
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो