कार्तिक पूर्णिमा स्नान गर्नेहरुको घुइँचो
रौतहट । कार्तिक पूर्णिमाको अवसरमा सोमबार लालबकैया र बागमती नदीमा बिहानैदेखि स्नान गर्नेहरुको घुइँचो लागेको छ । पूर्णिमाको अवसर पारेर रौतहटका कटहरिया, मौलापुर, देवाही गोनाही नगरक्षेत्र अन्तर्गत लालबकैया नदीको विभिन्न घाट र गढीमाई, राजदेवी नगरक्षेत्र अन्तर्गत बागमती नदीको विभिन्न घाटमा बिहानैदेखि स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ ।
_w4KpW6E51n.png)
बिहान सूर्योदय नहुँदै लालबकैया, बागमती, लगायत विभिन्न नदीमा भक्तजनहरु पुगेका हुन् । यस्तै धनुषाको कमला नदीमा पूर्णिमा स्नान गर्न र भूत मेलामा सहभागी हुन सयौँ भक्तजन पुगेका छन् ।
आइतबार साँझ घरबाट धामी झाँक्रीसहित हिँडेका विभिन्न गाउँवासी सिरहा र धनुषाको सिमानामा पर्ने कमलाको सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, उतरवाहिनी, इनर्वालगायतका घाट पुगेका छन् ।
_8Hsmgzq87N.png)
धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै कात्तिक शुक्ल पूर्णिमाको दिन स्नान गर्ने सदियौँको परम्परा रहेकाले यो मेलालाई धामी झाँक्रीको मेला पनि भनिन्छ । आजका दिन देखि नयाँ–नयाँ धामी झाँक्री बन्ने तथा तन्त्रमन्त्रमा सिद्ध पाउने जनविश्वास छ ।
भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरुले कमला नदीको शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन् । उक्त पानीलाई जमिनमा छर्केर पूजाका लागि शुद्ध पार्न प्रयोगमा ल्याइने धामी झाँक्रीहरु बताउँछन् ।
कार्तिक महिनाको पूर्णिमालाई कार्तिक पूर्णिमा, त्रिपुरोत्सव पूर्णिमा र कार्तिकस्नान पनि भनिन्छ ।
धर्मशास्त्रमा अनुसार कार्तिक पूर्णिमाको दिनमा गंगा स्नान गर्नुको विशेष महत्त्व छ । कार्तिक पूर्णिमा स्नान गर्नाले मानव जुनीबाट मुक्ति पाउने जनविश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण