रणवीरको करियरको सबैभन्दा ठुलो ओपनिङ बन्ला ‘एनिमल’ ?

काठमाडौँ । बलिउड अभिनेता रणवीर कपुरको नयाँ फिल्म एनिमलको अहिले निकै चर्चा भइरहेको छ । ट्रेलर सार्वजनिक भएपछि फिल्मप्रतिको चासो झनै बढाइदिएको छ ।
ट्रेलर आएको दुई दिनमै निर्माताहरूले फिल्मको एडभान्स बुकिङ सुरु हुने घोषणा गरिदिए । अहिले जुन रूपमा फिल्मको टिकटमा एडभान्स बुकिङ भइरहेको छ, यसलाई हेर्दा फिल्मले पहिलो दिन नै शानदार ओपनिङ पाउने देखिन्छ । फिल्मको एडभान्स बुकिङको ट्रेन्ड हेर्दा रणवीर कपुरको करियरको सबैभन्दा ठुलो ओपनिङ कलेक्सन गर्ने फिल्म बन्न सक्ने अड्कलबाजी गरिँदै छ ।
सैकनिल्कको रिपोर्टअनुसार सोमबार बिहानसम्म एनिमलको लागि २ लाख भन्दा धेरै टिकट बुक भइसकेका छन् । भारतको तीन ओटा हल चेनमा मात्रै रणवीरको फिल्मको १ लाखभन्दा धेरै एडभान्स बुकिङ भइसकेको बताइएको छ । रिलिजको ४ दिनअघि एनिमलले एडभान्स बुकिङबाट मात्रै ७ करोड भारुको ग्रस कलेक्सन गरिसकेको छ ।
शुक्रवारसम्म पुग्दा बिक्रीदर तीव्र हुने अपेक्षा गरिएको छ । एनिमल कबीर सिंहका निर्देशक संदीप रेड्डी वांगाले बनाएको फिल्म हो । एनिमलमा रणवीर खुङ्खार ग्याङस्टर अवतारमा देखिँदैछन् । रश्मिका मन्दनासँगको रणवीरको रोमान्स अनि बबी देओलको भयानक भिलेन रोलले पनि धेरैलाई हलसम्म तान्ने अपेक्षा गरिएको छ ।
रणवीरको करियरको वेस्ट ओपनिङ बन्ला एनिमल ?
एडभान्स बुकिङ हेर्दा एनिमलको पहिलो दिनको कमाई ४० करोड भारु आसपास सहजै पुग्ने देखिन्छ । यो स्तरमा कमाई गर्यो भने यो रणवीरको करियरको सबैभन्दा ठुलो ओपनिङ कलेक्सन भएको फिल्म हुनेछ । गएको वर्ष आएको ब्रम्हास्त्रले पहिलो दिनमा ३६ करोड भारुको कलेक्सन गरेको थियो । सन् २०१८ मा आएको सञ्जुको ओपनिङ कलेक्सन ३४ करोड ७५ लाख भारु थियो ।
यो वर्ष बलिउडमा सबैभन्दा ठुलो ओपनिङ कलेक्सन शाहरुख खानको ब्लकबष्टर फिल्म जवानको नाममा छ । यसले पहिलो दिनमा ७५ करोड भारु कमाएको थियो । एनिमलले ४० करोड भारुको कलेक्सन गर्यो भने अहिलेसम्मको शीर्ष ५ ओपनिङ भएको फिल्ममा पर्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गाजा दहमा बन्यो पर्यटकीय पूर्वाधार
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध