शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
काेशी प्रदेश

एमाले र राप्रपाका ८ सांसदद्वारा खर्च कटौतीको प्रस्ताव

बुधबार, १३ मङ्सिर २०८०, ११ : १९
बुधबार, १३ मङ्सिर २०८०

विराटनगर । कोशी प्रदेशका प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रस्तुत विनियोजन विधेयक माथि खर्च कटौतीको प्रस्ताव पेश गरेका छन् ।  एमालेका ६ र राप्रपाका २ सांसदले खर्च कटौतीको प्रस्ताव राखेका हुन् ।

उनीहरुले विभिन्न शीर्षकमा खर्च कटौती गर्नुपर्ने भन्दै यस्तो प्रस्ताव गरेका हुन् ।  बजेटमाथिको छलफल सकिएपछि खर्च कटौतीको प्रस्ताव पेश गर्नका लागि आज विहान ११ बजेसम्मका लागि समय दिएको छ ।

बुधबार दिउँसो १ बजे बस्ने बैठकबाट बजेट पारित गर्ने सरकारको तयारी छ ।  यसरी खर्च कटौतीको प्रस्ताव गर्ने सांसदहरुमा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी, विदुरकुमार लिङ्थेप, किशोरचन्द्र दुलाल, तिलचन पाठक, कमला दर्नाल र निरन राई रहेका छन् ।

यस्तै राप्रपाका भक्तिप्रसाद सिटौला र गोपाल विश्वकर्मा रहेका छन् ।  बजेटको विनियोजन शीर्षकमाथि चित्त नबुझाएर सांकेतिक विरोधस्वरुप खर्च कटौतीको प्रस्ताव गर्ने अभ्यास छ । तर यस्तो प्रस्ताव पारित हुँदैन ।

पारित भए सरकारको बजेट र कार्यक्रम फेल भएको मान्ने चलन छ ।   तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंसिर ९ गते ५० करोड थप गर्दै बजेट प्रतिस्थापन विधेयक ल्याएका हुन् ।

अर्थमन्त्रीको समेत हैसियतमा प्रदेशसभामा आज मुख्यमन्त्री केदार कार्कीले प्रस्तुत गरेको बजेट विवरणमा चालू आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप