सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुखसँग चाँडै नयाँ फिल्म गर्ने सलमानको खुलासा

बुधबार, १३ मङ्सिर २०८०, १२ : ०५
बुधबार, १३ मङ्सिर २०८०

मुम्बई । नोभेम्बर १२ मा रिलिज भएको सलमान खानको फिल्म टाइगर–३ यस वर्षको चौथो ठुलो फिल्म बनेको छ । सलमान खानले फिल्मको सफलतामा एउटा पत्रकार सम्मेलन आयोजना गरेका थिए जसमा उनले ठुलो घोषणा गरेका थिए । 

सलमानले पत्रकारहरूसँग चाँडै नै शाहरुख खानसँग फिल्ममा देखिने बताएका हुन् । फिल्मको तयारी सुरु भइसकेको र यसको घोषणा छिट्टै गर्ने उनको भनाई थियो । सन् १९९५ मा बनेको फिल्म करणअर्जुनको २८ वर्षपछि यी दुवै एकैसाथ कुनै ठुलो फिल्ममा मुख्य नायकको भूमिकामा देखिनेछन् ।

पत्रकार सम्मेलनमा सलमानले शाहरुखसँग फिल्मको अफर आएको जानकारी दिए । उनले सबै कुरा फाइनल भएपछि यसको घोषणा आफै गर्ने पनि बताए ।  यो खबर उनीहरूका फ्यानहरूका लागि निकै खास छ, किनकि जब(जब शाहरुख र सलमान सँगै देखिएका छन्, बक्स अफिसको रेकर्ड तोडिएको छ ।

यो वर्ष दुवैले एकअर्काको फिल्म ‘पठान’ र ‘टाइगर–३’ मा क्यामियो मियो गरेका छन्, जुन दुवै ब्लकबस्टर भए । यस्तो अवस्थामा दुवैलाई एउटै फिल्ममा मुख्य नायकको रूपमा देख्न पाउनु विशेष हुनेछ । फिल्म एक था टाइगर, टाइगर जिन्दा है, वार, पठान र टाइगर ३ यशराज प्रोडक्सनको जासूस ब्रह्माण्डका फ्रेन्चाइजी हुन् । पठानको शाहरुखसँगै वारका कबीर उर्फ ऋतिक रोशन पनि फिल्म टाइगर ३ मा देखिएका छन् । यसअघि टाइगर उर्फ सलमान खानले पनि जवानमा क्यामियो गरेका थिए । यसलाई हेरेर, स्पाई युनिभर्सको छैटौँ फिल्म वार २ मा सलमान र शाहरुखको क्यामियो हुने अनुमान गरिएको छ ।  

दुई जनाले हालसम्म जम्मा ८ वटा चलचित्रमा सँगै देखिइसकेका छन् जसमध्ये करण अर्जुन र हम तुम्हारे है सनम बाहेक सबै चलचित्रमा दुवैले क्यामियो गरेका छन् । सलमान र शाहरुख सन् २००३ मा रिलिज भएको फिल्म कल हो ना होमा पनि सँगै देखिने भएका थिए तर सलमानले त्यो फिल्म अस्वीकार गरे । त्यसयता दुवै आफ्नो झगडाका कारण चर्चामा आएका थिए । 

सन् १९९५ मा रिलिज भएको ब्लकबस्टर फिल्म करण–अर्जुनमा शाहरुख खान र सलमान खान पहिलो पटक सँगै देखिएका थिए । त्यसपछि यी दुवै सन् १९९७ को ब्लकबस्टर हिट फिल्म ‘कुछ कुछ होता है’ मा सँगै देखिएका थिए । यद्यपि फिल्ममा सलमान खानको क्यामियो मात्र थियो ।  ५ वर्षपछि यी दुवै ‘हम तुम्हारे हैं सनम’ मा देखिएका थिए । फिल्ममा सलमान खानको विस्तारित क्यामियो थियो । सन् २००२ मा आएको फिल्म हम तुम्हारे हैं सनमदेखि सलमान र शाहरुख एकअर्काको फिल्ममा मात्र क्यामियो गरेको देखिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप