बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

पाटनमा प्यालेस्टाइनको पक्षमा ऐक्यबद्धता प्रदर्शन

बुधबार, १३ मङ्सिर २०८०, १७ : १५
बुधबार, १३ मङ्सिर २०८०

ललितपुर ।  प्यालेस्टाइनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता दिवस पारेर ललितपुरको पाटन दरबार क्षेत्रमा प्रदर्शन गरिएको छ । संयुक्त राष्ट्रसङ्घले सन् १९७७ देखि नोभेम्बर २९ लाई इन्टरनेशनल डे अफ सोलिडारिटी विथ द प्यालिस्टिनियन पिपुल मनाउन सुरु गरेको थियो । यसकै निरन्तरता स्वरूप आज ‘द गाजा मोनोलग’ को आयोजना गरिएको हो ।

pradrasan (2)

प्रदर्शनका सहभागीहरूले प्यालेस्टाइनी स्वतन्त्रता गीत बजाउनुका साथै समर्थनमा प्लेकार्ड डिस्प्ले गरेका थिए । उनीहरूले गाजा क्षेत्रमा रहेका मानिसहरूले भोगेको समस्या प्रस्तुत गरिएको थियो । गाजामा रहेका मानिसहरूले पठाएको र अनुवाद गरिएका ती भोगाइमा प्यालेस्टाइनका बासिन्दाले दैनिक रूपमा भोग्न परेको त्रासदी, अभाव, निरन्तर गोलाबारी, खानाको लागि सङ्घर्ष र अक्टुवर ७ देखि सुरु भएको कारबाहीका समयमा भएका घटनालाई प्रस्तुत गरिएको थियो । 

pradrasan (3)

अक्टुवरदेखि सुरु भएको इजरायल–हमास द्वन्दका कारण हजारौँ मानिसको मृत्यु भइसकेको छ । केही दिनयता युद्दविराम भइरहेको भए पनि मानवीय सङ्कट चुलिँदै गएको र अन्तर्राष्ट्रिय समुदायले पहल र सहयोग नगरेको गुनासो गरिएको थियो ।

pradrasan (4)pradrasan (5)pradrasan (6)pradrasan (7)pradrasan (9)pradrasan (10)pradrasan (11)pradrasan (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप