पाटनमा प्यालेस्टाइनको पक्षमा ऐक्यबद्धता प्रदर्शन
ललितपुर । प्यालेस्टाइनको पक्षमा अन्तर्राष्ट्रिय ऐक्यबद्धता दिवस पारेर ललितपुरको पाटन दरबार क्षेत्रमा प्रदर्शन गरिएको छ । संयुक्त राष्ट्रसङ्घले सन् १९७७ देखि नोभेम्बर २९ लाई इन्टरनेशनल डे अफ सोलिडारिटी विथ द प्यालिस्टिनियन पिपुल मनाउन सुरु गरेको थियो । यसकै निरन्तरता स्वरूप आज ‘द गाजा मोनोलग’ को आयोजना गरिएको हो ।
_IAVm8bHcZI.jpg)
प्रदर्शनका सहभागीहरूले प्यालेस्टाइनी स्वतन्त्रता गीत बजाउनुका साथै समर्थनमा प्लेकार्ड डिस्प्ले गरेका थिए । उनीहरूले गाजा क्षेत्रमा रहेका मानिसहरूले भोगेको समस्या प्रस्तुत गरिएको थियो । गाजामा रहेका मानिसहरूले पठाएको र अनुवाद गरिएका ती भोगाइमा प्यालेस्टाइनका बासिन्दाले दैनिक रूपमा भोग्न परेको त्रासदी, अभाव, निरन्तर गोलाबारी, खानाको लागि सङ्घर्ष र अक्टुवर ७ देखि सुरु भएको कारबाहीका समयमा भएका घटनालाई प्रस्तुत गरिएको थियो ।
_GhDmGKObxy.jpg)
अक्टुवरदेखि सुरु भएको इजरायल–हमास द्वन्दका कारण हजारौँ मानिसको मृत्यु भइसकेको छ । केही दिनयता युद्दविराम भइरहेको भए पनि मानवीय सङ्कट चुलिँदै गएको र अन्तर्राष्ट्रिय समुदायले पहल र सहयोग नगरेको गुनासो गरिएको थियो ।
_vD8IEg1x3N.jpg)
_Zq2utHzhlY.jpg)
_FMxBBOTFQV.jpg)
_EEuOIB92DW.jpg)
_iMAW6EoBAQ.jpg)
_gP4Wau2PHN.jpg)
_EjfOvJN6WZ.jpg)
_TpqxcmaYZZ.jpg)
_6tCsSiBdkE.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण