फिल्मसँगको दुरीको विषयमा राजेश हमाल भन्छन्, ‘मैले अभिनय गर्ने फिल्म प्रभावकारी हुनुपर्छ’
काठमाडौँ । एक समय नेपाली फिल्ममा अभिनेता राजेश हमालको जगजगी थियो । पोस्टरमा उनको टाउको मात्र राख्दा पनि फिल्म चल्थ्यो । निर्माता– निर्देशक पोस्टरमा उनको टाउको राख्नकै लागि भए पनि उनले नभ्याएको समय महिनौँ कुरेर पनि गीत होस् वा अन्य अतिथि भूमिका उनलाई समेट्ने गर्थे ।
उनै हमाल फिल्ममा नदेखिएको धेरै भइसक्यो । आखिर किन हमालको फिल्मबाट दुरी बनिरहेको छ ? के अचेल उनलाई फिल्मको अफर नै नआएको हो र ? अभिनेता हमाल भने आफूलाई अहिले पनि फिल्म अफरको कमी नभएको बताउँछन् । ‘फिल्मका अफर मलाई जति पनि आउँने गरेको छ’, हमालले भने ‘अचेल ति अफर गर्नेलाई भेटेर छलफल पनि गर्न भने छोडेको छु ।’
‘अहिले फिल्ममा मैले काम गरे भने पक्कै पनि पुरानो ढाँचामा काम गर्ने कुरो भएन । अहिले पनि फिल्ममा काम गर्दा मेरो उद्देश्य प्रभावकारी होस् भन्ने हुन्छ’, हमालले थपे ‘त्यो प्रभावकारी हुँदैन, खाली फिल्म खेल्नका लागि खेल्यो भन्ने खालको छ भने म फिल्म खेल्दिन ।’ अहिलेको अवस्थामा त्यस्तो फिल्मले आफ्ना लागि केही फाइदा नगर्ने उनको धारणा छ ।
पहिले एउटा रफ्तारमा आफूले फिल्म गरेको र त्यो समय कुनै फिल्म बढी चल्ने र कुनै नचले पनि फरक नपरेको बताएका हमालले अहिले अभिनय गरेको फिल्म प्रभावकारी हुनुपर्ने धारण राखे ।
‘अहिले पनि मलाई निर्माता निर्देशक यस्तो फिल्म छ गर्दिनुस् न भन्छन् । तर मलाई प्रभावकारी नलागेको कारण गरिरहेको छैन’ उनले रातोपाटीसँग भने ।
पछिल्लो समय फिल्ममा देखिएको कथा र पात्रको भेराइटीसँग हमाल निकै सकारात्मक छन् । भन्छन्, ‘अचेल विभिन्न मुद्दा र पात्रमा फिल्म बनेको छ । त्यो एकदमै राम्रो हो ।’
हमाल पछिल्लो समय फिल्म भन्दा म्युजिक भिडियो लगायत सानातिना प्रोजेक्ट र घुमघाममा समय बिताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण