भारतको बेङ्लोरका दर्जनौं विद्यालयमा बम राखेको ‘अफबाह’ फैलिएपछि....
भारतको दक्षिणी शहर बेङ्लोरका दर्जनौँ विद्यालयमा बम राख्ने धम्की आएपछि विद्यालय प्रशासनले विद्यार्थीलाई विद्यालयबाट बाहिर नै प्रहरी बोलाई खानतलासी गरेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
इमेलबाट प्राप्त धम्कीमा विद्यालय परिसरमा विष्फोटक पदार्थ राखिएको दाबी गरिएको छ ।
प्रहरीले बम डिस्पोजल टाली र तालिमप्राप्त कुकुरलाई विद्यालयमा खटाएको छ ।
यद्यपि, अहिलेसम्म कुनै पनि शङ्कास्पद वस्तु फेला नपरेको र प्रहरीका अनुसार धम्की झुटो भएको देखिन्छ । एक स्थानीय टेलिभिजन च्यानलका अनुसार करिब ६० वटा विद्यालयलाई धम्कीपूर्ण इमेल प्राप्त भएको छ ।
पाँच हजारभन्दा बढी बालबालिकालाई घर फर्कनेलगायतका धम्कीका कारण आपतकालीन कदम चाल्न बाध्य पारिएको समाचारमा जनाइएको छ । धम्की नपाएका विद्यालयले समेत अभिभावकलाई आफ्ना छोराछोरीलाई घर लैजान अनुमति दिएका थिए ।
स्थानीय सरकारले इमेलको स्रोत पुष्टि गरिरहेको र अभिभावकलाई नआत्तिन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण