विश्वकप ट्रफीमा खुट्टा राखेको विषयमा मार्सले के भने ?
शनिबार, १६ मङ्सिर २०८०, ०६ : ४९
सिड्नी । अस्ट्रेलियाका क्रिकेटर मिचेल मार्सले विश्वकप ट्रफीमा खुट्टा राखेको विषयमा पहिलो प्रतिक्रिया दिएका छन् । उनले यसमा अपमानजनक केही नभएको र यो कार्य दोहोर्याउन आफूलाई कुनै समस्या नहुने बताउँदै आफ्नो बचाउ गरेका हुन् ।
विश्वकप जितेको लगत्तै अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले आफ्नो इन्स्टाग्राम अकाउन्टमा मिचेल मार्स ट्रफीमा खुट्टा राखेर बसेको तस्बिर सार्वजनिक गरेका थिए । यो तस्बिर अहिले पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भारतीय फास्ट बलर मोहम्मद शमीले यो तस्बिर देखेर आफू दुखी भएको बताएका थिए ।
मार्सले एक कार्यक्रममा भने, ‘तस्बिरमा अपमानजनक केही थिएन । मैले यसको बारेमा धेरै सोचेको छैन। सामाजिक सञ्जालमा पनि यसबारे खासै चर्चा भएको छैन । तर, कतिपयले यो निकै चर्चाको विषय बनेको बताएका छन् । तर यसमा केही छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण