माओवादीको विशेष अभियान : उपचारमा सहयोग
मङ्गलबार, १९ मङ्सिर २०८०, १० : ५४
विराटनगर । माओवादीले संचालन गरिरहेको तीन महिने विशेष रुपान्तरण अभियानको क्रममा एक बिरामीले उपचार पाएका छन् । ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ नाराका साथ उदयपुरगढी–१ ब्वासे पुगेका माओवादीको अभियान टोलीले स्थानीय ४० वर्षीय नरजीत राईलाई उपचार गर्ने व्यवस्था गरेको हो ।
अभियानका प्रमुख तथा माओवादी केन्द्रका नेता मुक्सामहाङ मेयाङबो ‘मुकेश’ नेतृत्व टोलीले एम्बुलेन्सको व्यवस्था गरी राईको उपचारका लागि धरान घोपा क्याम्प पुर्याएको हो । क्षयरोगले ग्रस्त नरजितलाई उपचारका लागि आर्थिक अभाव भएर ओछ्यानमै थलिएका थिए । तीन वर्ष अगाडि नरजितकी श्रीमतीलाई पनि सोही रोग लागेको थियो । ऋण लिएर श्रीमतीको उपचार गराएका नरजित आफैं थलिएपछि भने परिवार नै संकटमा परेको थियो ।
अभियानका क्रममा उनको अवस्था दयनीय देखेपछि उपचारका लागि लगेको मेन्याङ्बोले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको राधास्वामी सत्संगस्थित होल्डिङ सेन्टर जलमग्न, सुकुमबासीहरू समस्यामा
-
बेल्जियमलाई २–१ ले हराएर स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भेट पक्का
-
८८औँ मिनेटमा मिकेल मेरिनोको गोल, बेल्जियम विरुद्ध स्पेन पुनः २–१ ले अघि
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण