आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नाइजेरिया : सेनाको ड्रोन गाउँमा खस्दा ८५ सर्वसाधारणको मृत्यु

मङ्गलबार, १९ मङ्सिर २०८०, १५ : ४८
मङ्गलबार, १९ मङ्सिर २०८०

अबुजा । नाइजेरियाका अधिकारीहरूले सेनाले गरेको ड्रोन आक्रमणमा कम्तीमा ८५ सर्वसाधारणको मृत्यु भएको बताएका छन् । नाइजेरियाली सेनाको ड्रोनको निशाना चरमपन्थीहरू थिए तर यो दुर्घटनावश त्यो कादुना राज्यको एउटा गाउँमा खस्यो । 

नाइजेरियाको राष्ट्रिय आपत्कालीन व्यवस्थापन एजेन्सीका अनुसार आइतबार मुस्लिम समुदायको चाड मनाउन भेला भएका बेला उक्त दुर्घटना भएको हो । दुर्घटनामा बाँचेका ६ जनाको अस्पतालमा उपचार भइरहेको छ । 

नाइजेरियाली सेनाले इस्लामिक चरमपन्थी र आपराधिक गिरोहहरू विरुद्धको लडाइँमा ड्रोन आक्रमणको सहारा लिने गरेको छ । देशको उत्तरपश्चिमी क्षेत्र इस्लामिक चरमपन्थी र आपराधिक गिरोहमा आतङ्क रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप