तालिबानको राजदूतलाई मान्यता दिने पहिलो राष्ट्र बन्यो चीन
बेइजिङ । तालिबान सरकारले तोकेको कूटनीतिज्ञलाई चीनले अफगानिस्तानका लागि राजदूतको हैसियत दिएको छ । यस्तो गर्ने चीन पहिलो देश हो।
चीनले तालिबानलाई वैध सरकारको आधिकारिक दर्जा दिइसकेको छ। चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता वाङ वेनबिनलाई मंगलबार पत्रकार सम्मेलनमा ‘चीनले तालिबानलाई अफगानिस्तानको वैध सरकारको रूपमा मान्यता दिएको हो ?’ सोधिएको थियो । यस प्रश्नको जवाफमा उनले भने, ‘अफगानिस्तानलाई अन्तर्राष्ट्रिय समुदायबाट बाहिर निकाल्नु हुँदैन भन्नेमा चीन विश्वास गर्छ ।’
यसअघि पनि तालिवानका उम्मेदवार बिलाल करीमीलाई चीनले राजदूतको हैसियत दिएको खबर बाहिर आएको थियो । जब अगस्ट २०२१ मा अमेरिकी सेना फिर्ता भयो र तालिबान फेरि सत्तामा आयो, काबुलमा आफ्नो दूतावास कायम राख्ने पाकिस्तान र रुससँगै चीन तेस्रो देश थियो ।
भर्खरै भारतमा अफगानिस्तानको दूतावास बन्द गरिएको थियो । यी दूतावासहरूले तालिबान शासित इस्लामिक इमिरेट्स नभएर अफगानिस्तानको इस्लामिक गणतन्त्रको प्रतिनिधित्व गर्दथे । त्यसपछि तालिबान सरकारले नयाँ दूतावास खोल्ने इच्छा व्यक्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण