शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

इनारमाथि नाचेको भिडियो विवादमा प्रकाश सपुतले मागे माफी

बिहीबार, २१ मङ्सिर २०८०, १० : २३
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ । इनारमाथि नाचेको भिडियोको विषयमा अभिनेता तथा गायक प्रकाश सपुतले माफी मागेका छन् । उनले सामाजिक सञ्जालमार्फत यो विषयले आफू लज्जित भएको समेत बताएका छन् ।

‘यो भिडियोको सर्जक, गायक, निर्माता र निर्देशक अरू नै हुनुहुन्छ, म होइन । म कलाकारको रूपमा त्यहाँ थिएँ र मलाई त्यसरी इनार माथि चढ्न हुँदैनथ्यो भन्ने हेक्का त्यतिखेर भएन । मेरो अज्ञानता प्रति लज्जित छु’, उनले अगाडि भनेका छन् ‘विशेष गरेर यसलाई आफ्नो आस्था र विश्वास मान्दै आउनु भएको नेवाः समुदाय प्रति क्षमा चाहन्छु ।’ इनारमाथि नाच्नु आफ्नो कुनै व्यक्तिगत स्वार्थ, नियत वा उद्देश्य समेत नभएको उनले स्पष्ट परेका छन् ।

चार महिना अगाडि ‘कमाउनी नि हो, रमाउनी नि हो’ गीतको म्युजिक भिडियो छायाङ्कनका क्रममा सपुतले इनारमाथि नाचेका थिए । उक्त भिडियो दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल छ । उक्त भिडियोका कारण सामाजिक सञ्जालमा सपुतको चर्को आलोचना भइरहेको छ । 

जीवित देवी कुमारीले प्रयोग गर्ने पानी ल्याउने इनारमा ‘सुटिङ गरेर’ नेवाः सभ्यता र संस्कृतिमाथि अपमान गरेको समेत उनी माथि आरोप लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप