इनारमाथि नाचेको भिडियो विवादमा प्रकाश सपुतले मागे माफी
काठमाडौँ । इनारमाथि नाचेको भिडियोको विषयमा अभिनेता तथा गायक प्रकाश सपुतले माफी मागेका छन् । उनले सामाजिक सञ्जालमार्फत यो विषयले आफू लज्जित भएको समेत बताएका छन् ।
‘यो भिडियोको सर्जक, गायक, निर्माता र निर्देशक अरू नै हुनुहुन्छ, म होइन । म कलाकारको रूपमा त्यहाँ थिएँ र मलाई त्यसरी इनार माथि चढ्न हुँदैनथ्यो भन्ने हेक्का त्यतिखेर भएन । मेरो अज्ञानता प्रति लज्जित छु’, उनले अगाडि भनेका छन् ‘विशेष गरेर यसलाई आफ्नो आस्था र विश्वास मान्दै आउनु भएको नेवाः समुदाय प्रति क्षमा चाहन्छु ।’ इनारमाथि नाच्नु आफ्नो कुनै व्यक्तिगत स्वार्थ, नियत वा उद्देश्य समेत नभएको उनले स्पष्ट परेका छन् ।
चार महिना अगाडि ‘कमाउनी नि हो, रमाउनी नि हो’ गीतको म्युजिक भिडियो छायाङ्कनका क्रममा सपुतले इनारमाथि नाचेका थिए । उक्त भिडियो दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल छ । उक्त भिडियोका कारण सामाजिक सञ्जालमा सपुतको चर्को आलोचना भइरहेको छ ।
जीवित देवी कुमारीले प्रयोग गर्ने पानी ल्याउने इनारमा ‘सुटिङ गरेर’ नेवाः सभ्यता र संस्कृतिमाथि अपमान गरेको समेत उनी माथि आरोप लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण