‘फाइटर’को टिजर : एकसाथ देखिए ऋतिक र दीपिका
शुक्रबार, २२ मङ्सिर २०८०, १४ : ००
मुम्बई । ऋतिक रोशन र दीपिका पादुकोण अभिनित फिल्म ‘फाइटर’ को टिजर रिलिज भएको छ । टिजरमा फिल्मको केही दमदार एरियल एक्सन दृश्यहरु समेटिएको छ । फिल्ममा निकै भिएफएक्स र सिजिआइ रहेको छ ।
फिल्म नयाँ बर्षको जनवरी २५ मा रिलिज हुनेछ । ऋतिक र दीपिकाले पहिलो पटक यसै फिल्ममा काम गरेका हुन् । फिल्ममा ऋतिक र दीपिकाको अलवा अनिल कपुर पनि देखिनेछन् । फिल्ममा दीपिका र ऋतिक स्क्वाड्रन लिडर बनेका छन् । फिल्ममा अनिलले ग्रुप क्याप्टेन शमशेर पठानियाको भूमिका निर्वाह गरेका छन् । फिल्ममा करण सिंह ग्रोवर, संजीदा शेख र अक्षय ओबरायको पनि अभिनय छ ।
सन् २०१९ मा ‘वार’ निर्माण गर्दै गर्दा निर्देशक सिद्धार्थ आनन्दले यसै विषयमा फिल्म बनाउने सोचेका थिए । ‘फाइटर’ भारतको पहिलो एरियल एक्सन फिल्म बताइन्छ । फिल्मबाट निर्देशक आनन्दले धेरै आशा राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण