चार महिनामा साढे ७ करोडको गहना निर्यात
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनामा नेपालबाट साढे ७ करोड रुपैयाँभन्दा धेरेको गरगहना निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा उक्त मूल्य बराबरको गहना निर्यात भएको हो ।
यस अवधिमा ६ करोड १९ लाख रुपैयाँ बढीको चाँदीका गरगहना निर्यात भएको छ । यस्तै, १ करोड १७ लाख रुपैयाँभन्दा बढी रकमको सुनका गरगहना निर्यात भएको विभागले जनाएको छ । नेपालबाट विश्वका १८ वटा देशमा चाँदीका गहना निर्यात भएको छ ।
अमेरिकातर्फ ३ करोड ५१ लाख रुपैयाँको चाँदीका गहना निर्यात भएको छ । यसबाहेक, ताइवान, स्वीजरल्याण्ड, नेदरल्याण्ड, जर्मनी, भुटान, अष्ट्रेलिया लगायत अधिकांस युरोपेली देशमा चाँदीका गहना निर्यात भएको छ ।
यस्तै, सुनबाट बनेका गहना भने २ वटा देशमा निर्यात भएको छ । अष्ट्रेलियामा सबैभन्दा धेरै १ करोड २६ लाख रुपैयाँको निर्यात भएको छ । यस्तै, अमेरिकामा २१ लाख १७ हजार रुपैयाँको सुनबाट बनेको गहना निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण