बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रणवीरको पिता बन्दै छन् रणवीर

सोमबार, २५ मङ्सिर २०८०, १४ : ०३
सोमबार, २५ मङ्सिर २०८०

नयाँ दिल्ली । रणवीर कपुर यतिबेला एनिमल फिल्मको सफलतामा मग्न छन् । लामो समयसम्म हिट दिन नसकेका कपुरले एनिमलबाट आफ्नो करियरको ब्लकबष्टर पाए । यो फिल्म सबैभन्दा धेरै कमाउने १० हिन्दी फिल्मको सूचीको नजिक पुगेको छ । यतिबेला कपुरका फ्यानहरूमा ब्रम्हास्त्र २ मा रणवीरले निर्वाह गरेको पात्र शिवको पिता को बन्लान् भन्ने उत्सुकता छ ।

मिडिया रिपोर्टका अनुसार ब्रम्हास्त्र २ मा रणवीर सिंह रणवीर कपुरको पिता बन्दै छन् । ब्रम्हास्त्र रिलिज भएयता नै रणवीर शिवका पिता देवको भूमिका निर्वाह गर्ने खबरहरू आइरहेका थिए । केही रिपोर्टले ऋतिक रोशन वा कन्नड सुपर स्टार यशले सो भूमिका निर्वाह गर्न सक्ने बताएका थिए । तर अहिलेसम्म यसको पुष्टि भने भइसकेको छन् ।

तर न्यूज १८ को खबरलाई पत्याउने हो भने फिल्मको बहुप्रतिक्षित पात्र खेल्न रणवीर सिंह राजी भइसकेका छन् । निर्माण पक्षले सो भूमिकाका लागि सिंहको नाम पक्कापक्की गरिसकेको बताइएको छ । फिल्मको दोस्रो भागमा स्क्रिप्ट लेखन प्रोग्रेसमै छ । फिल्मको सुटिङ सन् २०२५ मा सुरु हुने अपेक्षा गरिएको छ । अहिले आयान मुखर्जी वार २ को सुटिङमा व्यस्त छन् भने सिंहले यो वर्ष बाइजु बावराको सुटिङ सुरु गर्दैछन् । त्यसैले ब्रम्हास्त्र २ को सुटिङ कहिले सुरु हुन्छ भन्ने स्पष्ट छैन ।

ब्रम्हास्त्रः पार्ट वनमा रणवीर कपुरको साथमा आलिया भट्ट थिइन् । यो फिल्म सन् २०२२ को सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो । फिल्ममा अमिताभ बच्चन, नागार्जुन, मौनी रोय पनि मुख्य भूमिकामा थिए । फिल्ममा शाहरुख खानको क्यामिओ थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप